• केशव पाठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद साम्य भयाे भयाे जस्ताे के देखिएकाे थियाे प्रम केपि ओलीकाे आफ्नाे फर्ममा फर्किएकाे छन् । उनले एक्कासी र निर्मम तरिकाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  बुधवार पुनर्गठित मन्त्रिपरिषदमा आफू  निकटलाइ स्थान दिने गरी पूनर्गठन गरेपछि ओलीकाे निर्मम राजनीति फेरी सतहमा आएकाे छ । बुधावार भएकाे मन्त्रीपरिषद पूनर्गठनमा ओलीले  अर्का अध्यक्ष  प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थानमात्र दिएनन् उनीहरूसँग सल्लाहसमेत गरेनन्

ओलीले सहमति विपरित गएर  मन्त्रिपरिषद् विस्तार गरेपछि स्वभाविकरूपमा नेकपामा चरम असन्तुष्टि बढ्ने देखिएकाे छ । यसरी पुनर्गठन नगर्न अर्का अध्यक्षले पटकपटक अनुराेध तथा सल्लाह गरेकाे भनिए पनि अन्ततः पूनः एकपट प्रचण्डलाइ  असन्तुष्ट बनाउँदै ओलीकाे आफ्नाे परिचय दिएका छन्  । स्थायी कमिटी बैठक र सचिवालय बैठकको भावना बमोजिम मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका हुन्।

मन्त्री परिषद् पूनर्गठनका विषयमा दुई अध्यक्षबीच बुधवार पनि बालुवाटारमा भेट भएको थियो। तर उक्त भेटमा मन्त्रिपरिषद्का विषयमा राम्ररी कुराकानी नै हुन नसकेकाे बताइन्छ । प्रचण्डले स्थायी कमिटी बैठक र सचिवालय बैठकको भावना अनुसार मन्त्रिमण्डल पुनर्गठन गरौं भन्ने प्रस्ताव राखेका पनि थिए । तर यसबारे प्रम ओली माैननै बसेका थिए । अध्यक्ष प्रचण्डले फेरि एकपटक अपवाद बाहेकका सबै मन्त्रीलाई फिर्ता गरौं भन्ने प्रस्ताव गरेका थिए । तथापि अकल्पनीय हिसाबले मन्त्रिपरिषद् पूनर्गठन भएकाे प्रचण्ड पक्षले अनुभव गरेकाे छ । बालुवाटारले फेरिएकपटक खुमलटारलाइ छ्क्याउँदै एकलौटी निर्णय लिन सफल भएकाे हाे

लगातार प्रम ओलीका गतिबिधिसँग अन्तुष्ट रहँदै आएका माधवकुमार नेपाललाइ मन्त्रिपरिषद् पुनर्गठनले झनै असन्तुष्ट बनाएकाे छ । पार्टीमा एक व्यक्ति एक जिम्मेवारीको लबिङ गरिरहेका नेपालले सहमति विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै असन्तुष्टी व्यक्त गरिसकेका छन् ।

नेपाल पक्ष जानकारीनै नदिइ मन्त्रिमण्डल पुनर्गठन गरिएकाे प्रति प्रधानमन्त्री ओलीलाइ  एकलाैटी ढंगले काम गरेकाे प्रति चुनाैतिपूर्ण दवाव दिन सक्ने देखिन्छ । गत असाेज १४ गते पार्टी फुटको संघारमा पुगेका बेला गठन गरिएको कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गरेको थियो। जसमा दुवै अध्यक्षबीच छलफल भइरहेको थियो। तर प्रम ओलीले एक्कासी पूनर्गठन गरेपछि खाटा लाग्न लागेकाे घाउ फेरि बल्झिने सम्भावना बढेकाे छ ।

याे करिब एक महिनामा दुई अध्यक्षबीच पटक-पटक छलफल भएपनि मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुट्न सकेको थिएन्। बुधवार विस्तारित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव तथा तत्कालिन कार्यदलका संयोजक विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।पाैडेललाइ अर्थ मन्त्रि बनाउने बारे नेकपामा ठूलै विवाद थियाे । बालुवाटारदेखि बिभिन्न विषयमा विवादित रहेका पाैडेललाइ मन्त्री नबनाउन प्रयास भैरहेकाे थियाे । अर्थमन्त्रीमा  त्यही कार्यदलमा सदस्य रहेका नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेलाइ बनाउन नेपाल पक्ष जुटेकाे थियाे । त्यसैगरी पूर्व उर्जामन्त्री जनार्दन शर्मा पनि मन्त्री बन्ने चर्चा थियो तर ओलीले एक्कासी निर्मम तरिकाले आफ्नाे शैली प्रस्तुत गरेपछि सबकुछ उल्टापुल्टा भएकाे छ । याे विषयलाइ ओलीले कसरी साम्य बनाउँछन् सबैलाइ चासाे रहेकाे छ ।