बुढानिलकण्ठ नगरपालिकामा पर्ने कपनमा काेराेना संक्रमित डरलाग्दाेरूपमा बढिरहेकाे छ ।  बुढानिलकण्ठ नगरपालिकाकाे ३ वटा वडा रहेकाे कपनमा पछिल्लाे २४ घण्टामा ३१ जनालाइ काेराना संक्रमण देखिएकाे छ । वडा नं १०, ११ र १२ मा फिँजिएकाे कपनमा हरेक दिन धेरै संक्रमित काठमाडाैँकाे गाउँमध्ये एक हाे । असाेज २८ गते कपनकाे वडा नं १० बाट १७ जना, वडा नं ११ मा दुईजना, वडा नं १२ मा १२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

असाेज २७ गते कपनमा २१ जनामा काेराेना देखिएकाे थियाे । २७ गते वडा नं मा १० मा सातजना, वडा नं ११ मा तीनजना र वडा नं १२ मा ११ जनालाइ काेराेना संक्रमण देखिएकाे थियाे । त्यसैगरी असाेज २६ गते कपनमा १० जनालाइ काेराेना संक्रमण देखिएकाे थियाे । बुढानिलकण्ठ नगरपालिकामै पनि काेराेना संक्रमण ११०० सयकाे हाराहारी पुगिसकेकाे छ ।