• आकाश शर्मा

नेपाली बिद्यार्थी राजनीतिका मिथकझै बनेका लामा टेण्डी शेर्पा नेपाली खेलकुद क्षेत्रमा पनि परिचत व्यक्तित्व हुन् । तत्कालिन नेकपा एमालेकाे युवादस्तामा एउटा युग हाँकेका टेण्डी शेर्पा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिवसमेत भएका थिए । युवा नेताहरुमा उच्चकाेटीकाे नेतृत्व क्षमता तथा शानदार व्यक्तित्वका कारण भविष्य भएका नेताहरूका काेटीमा टेण्डी पर्दथे । नेपाल बास्केट बल संघका उनी अहिले पनि अध्यक्ष हुन् ।

यतिखेर मृत्यूसँग लडिरहेका लामा टेण्डी शेर्पा हाेम केयर अत्याधिक मंहगाे उपचार गराइरहेका छन् । नसासम्बन्धि असाध्यराेगले समातेकाे करिब ४ वर्षमा उनी यतिखेर नबाेल्न सक्छन् न हिँड्न । ओछ्यानमा बसेर जीर्ण शरिरले दुनियाँका बिभिन्न रंगहरू केलाइरहेका टेण्डीले अक्टाेबर १२ अर्थात ५ दिन अघि फेशबुकमा एउटा स्टाटस लेखे “मृत्युसंग लडीरहेको मैले उपचारको लागि ज़िम्मा दिएको सम्पत्ति हडप्ने परम मित्र लाई के भन्नु?” 

याे स्टाटसले धेरैलाइ अधैर्य बनायाे । लामा टेण्डीकाे राेग तथा उनकाे हालत थाहा पाएकालाइ त याे स्टाटसले  झनै पिराेल्याे । याे काे परम मित्र हाे जसले उपचारकाे जिम्मा लिएकाे सम्पत्ति हडप्याे ? दुःख, समस्या र मृत्यूकाे भयमा रहेका टेण्डीले याे स्टाटस किन लेख्नु पर्याे हाेला भनेर सबैकाे मथिङ्गल घुमेकाे छ । तर टेण्डीले अझै  नाम भने खाेलेनन् । उनले बाेलेर भन्न नसकेपछि ती हडप्ने परम मित्रलाइ सामाजिक सन्जालमार्फत सन्देशमात्र पठाएका छन् वा उनले दुखेसाे मात्र पाेखेका छन् ।

उनकाे याे स्टाटसमा ५८० जनाले कमेन्ट गरेका छन् भने ७ जनाले याे स्टाटसलाइ सेयर पनि गरेका छन् । मृत्यूसँग जुधिरहेका एक याेद्धाले राति सवा दश बजे याे स्टाटस लेखिरहँदा उनी कति भावविभाेर थिए हाेलन् त्याे स्टाटसमा प्रयुक्त शब्दहरूले बताउन सक्छ ।उनकाे याे स्टाटसमा कमेन्ट गर्नेहरूमध्ये केहीले त्याे पात्र चिनेझै गरेर लेखेका छन् । तर कसैले उसकाे नाम उल्लेख गरेर कमेन्ट भने गरेका छैनन् ।

दुइवर्षदेखि ओछ्यानमै परिरहेका टेण्डीका परम मित्र  काे काे थिए भन्ने चासाे धेरैलाइ परेकाे छ । स्टाटसमा लेखिए अनुसार उपचारका लागि जिँम्मा दिएकाे सम्पत्ति नै हडपेकाे भन्ने आसय छ । यसकाे अर्थ काेही साथीलाइ उनले सम्पत्ति दिएका भन्ने बुझिन्छ  । सम्पत्ति हडप्ने भनेर लेखिएकाे साे स्टाटसले सम्पत्ति भन्नाले घरजग्गा नै बुझिन सक्छ । आफू अशक्त भएपछि टेण्डीले कुनै अमुक परम मित्रलाइ मेराे हालत यस्ताे छ याे सम्पत्तिले मेराे उपचार गरिपाउँ भनेका हुनुपर्छ । ती परममित्रले सम्पत्ति आफ्नाे बनाएर चुप बसेकाे हुनपर्छ भन्ने अनुमान लगाउने सकिन्छ ।

अमेरिकामा दाजुभाइ रहेका लामा टेण्डीका बृद्ध आमाबुबा नेपालमै छन् । हालसम्म २ कराेडभन्दा धेरै रूपैँया उनकाे उपचारमा खर्च भैसकेकाे संचारमाध्यममा खबर आए पनि सरकारीस्तरबाट सहयाेग भने नगण्यमात्रामा मात्र छ । नेपालकाे राजनीतिमा मनग्य याेगदान पुर्याएका तथा खेलकुद क्षेत्रका नामचीन हस्ती रहेकाे आफ्नाे छाेराकाे याे दुर्दशामा बृद्ध बाउआमा विक्षिप्त छन् । एकातिर छाेराेलाइ कतिखेर के हुने हाे भन्ने पत्ताे छैन, सरकारी तवरकाे कुनै सहयाेग छैन अनि बाँचिरहँदा पनि दैनिकरूपमा लाग्ने ठूलाे धनराशीकाे खर्चले बुबाआमा मर्माहत भएका छन् । बाबुआमा र आफन्तकाे यहि समस्या देखेर सायद सम्पत्ति दिएका साथीकाे विश्वासघातलाइ टेण्डीले फेशबुकमा लेखेकाे हाेलान्, “मृत्युसंग लडीरहेको मैले उपचारको लागि ज़िम्मा दिएको सम्पत्ति हडप्ने परम मित्र लाई के भन्नु?” । 

लामा टेण्डीकाे आयु कति छ उनी कति बाँच्छन् भन्न नसकिए पनि उनी निकाे हाेलान् भन्ने आशा अब उनी स्वयम् तथा उनका आमाबुबामा देखिदैन । लामा टेण्डीले याे आयू र मृत्यूकाे दुरी नापिरहँदा उनकाे उपचारका लागि दिएकाे सम्पत्ति हडप्ने पापी परममित्रकाे कुत्सित चेहरा कुनै न कुनै समय बाहिर आउला । त्याे चेहरा कस्ताे हाेला सबैकाे चासाे बनेकाे छ ।