काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका उप प्रमुख र प्रबक्ताले निशुक मोबाइल सेट बाढेका छन । उनीहरुले शुक्रबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिका  र बुढानिलकण्ठ नगरपालिकाका सरकारी र सामुदायिक  विद्यालयका बिपन्न विद्यार्थीलाई निशुल्क मोबाइल वितरण गरेका हुन् ।

सामाजिक गतिविधिमा  सक्रिय रहेका  महिला हरुको संस्था रावा रेनुका दिदिबहिनी समुहले आयोजनागरेको कार्यक्रममा  बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रामदेवी राई तथा नगर प्रबक्ता नवराज भट्टराईले  निशुल्क मोबाइल वितरण गरेका थिए  ।

बन्दा बन्दिमा सरकारी विद्यालयले पनि अनलाइन कक्षाहरु संचालन गरेको र उक्त कक्षालिन आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई समस्या भएको हुदाँ आफ्नो समुहले बेलायतमा रहेका खोटांग जिल्ला निवासीहरुको संस्था रावा दुबे शेरोफेरो समाज बेलायतसँगको सहकार्यमा निशुल्क मोबाइल सेट वितरण गरेको संस्थाको अध्यक्ष दिपा गुरुङले बताईन ।

कार्यक्रमाका प्रमुख अथिति बुढानिलकण्ठ नगरपालिकाका उप प्रमुख रामदेवी राइले रावा रेनुका दिदिबहिनीहरुले प्रसंसनिय कार्य गरेको भन्दै रावा रेनुका दिदिबहिनीहरु  बाट अन्य महिलासमूहहरुले सिक्न्नु पर्ने धेरै कुरा रहेको बताइन। नगरमा रहेका  अन्य समूहसंग सहकार्य गराउने र नगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता राईले व्यक्तगरिन् ।

कार्यक्रममा वडा नम्बर १० को विद्यालयमा रहेका आर्थिक बिपन्न विद्यार्थी छनोट गरेकोमा वडा अध्यक्ष तथा बुढानिलकण्ठ नगरपालिका नगर प्रबक्ता नवराज भट्टराईले धन्यवाद दिएका थिए ।