काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् ।

संसद सचिवालयका महासचिवलाई आज पत्र पठाउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद रावलले दशैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सचिवालयले आफूहरुलाई जानकारी नै नदिई भत्ता जम्मा गरिएकोमा असन्तुष्ट जनाउँदै रावलले सो रकम फिर्ता गर्न आग्रह गरेका हुन् । कोरोना महामारीका बेला सांसदहरूले दशैं भत्ता लिन नहुने उनको भनाइ छ।

हेर्नुहोस् रावलको पत्र 

यसै गरि नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन् ।

सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् । कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए ।

सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्रमार्फत आग्रह गरेका थिए ।

सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन् । उनले सचिवालयमार्फत रकम फिर्ता गरेका हुन् ।

थापाको पत्र यस्तो छ