काठमाडौँ- उपत्यकाको दक्षिणीभेगमा रहेको गोदावरी नगरपालिकाले कोरोनाका लक्षण देखिएकाहरुका लागि निशुल्क परीक्षणको व्यवस्था गरेको छ।

मेयर गजेन्द्र महर्जनले बुधबार एक विज्ञप्तिमार्फत कोरोनाका लक्षण देखिएकाहरुको निशुल्क परीक्षण गरिने जानकारी गराएका हुन्।

नगरपालिकाभित्र कोरोनाको लक्षण देखिएको कोही भए विपद् कोषबाट उनीहरुका लागि नगरपालिकाको आनन्दवन अस्पतालमा निशुल्क परीक्षण गरिने जानकारी मेयर महर्जनले गराएका हुन्।

सरकारले भने कोरोना संक्रमितको परीक्षणमा शुल्क लिने तथा बिरामीको उपचार पनि शुल्क लिएरमात्र गर्ने घोषणा गरेको छ। सरकारको यो निर्णयको सर्वत्र आलोचना भइरहेको छ।