siyona shrestha

अहिले सामाजिक सञ्जालमा एउटा सानी नानिको फोटा अनि भिडियो भाईरल बनिरहेको छ । भिडियो पोल्याण्डको युनिर्भसिटि अफ वारस्वको एउटा आई.सि.यु को हो । जसमा सियोनाका आमा÷बुबा आफ्नी ११ सानी छोरीको उपचारका लागी सहयोगको अपिल गरिरहेका देखिन्छिन ।

siyona shresthaसियोना श्रेष्ठ अहिले ११ महिनाकि भईन । ‘स्पाइनल मस्कुलर अट्रोफी’ नामक रोगबाट पीडित सियोना नवलपरासी जिल्ला रामग्राम–२ कि हुन । उनका बुबा समिर श्रेष्ठ पेशाले बाल रोग विशेषज्ञ पनि हुन । उनि ५ महिनाकी हुदा उनको रोग बारे उनका अभिभावकले थाहा पाएका थिए । रोग एकदमै महंगो भएकाले उनका अभिभावक अहिले उपचारका लागी जनतामा सहयोगको अपिल गरिरहेका छन ।

उनको उपचारका लागी लगभग २५ करोड रकम चाहिने हुदा यो अभियान चलाईएको हो । यो कुनै सानो रकम होइन । त्यसै कारण उनको उपचारका लागी अहिले देश तथा विदेशबाट सामाजिक संजाल मार्फत सेभ सियोना, हेल्प सियोना नामक जस्ता अभियान चलाईएको पाईन्छ । यसरी सहयोग माग्नुको अर्को कारण पनि रहेको छ । उनका बुबा डा.समिर श्रेष्ठका अनुसार ‘ अब सियोनासगं समय कम छ । समयमै अप्रेशन गरिएन भने उनि यो दुनियाँमा हुने छैैनिन् । यो रोग लागेका मान्छे बढिमा दुई वर्ष बाच्ने र सियोना अहिले ११ महिना पुगिसकेकि छिन । त्यसैले पनि यसरी सहयोग माग्नु परेको हो । उनले बताए ।

नेपालमा यो रोगको उपचार संभव नभएकाले विदेशमा लानु परेको हो । यो एउटा वंशाणु रोग हो । अस्पतालका अनुसार उपचारका लागि नेपाली रकम अनुमानित २५ करोड लाग्ने भनिएको छ । अहिले देश तथा विदेशमा रहेका नेपालीहरुले यो अभियानलाई सशक्त बनाई रहेका छन । सियोनाको उपचारका लागी गत सेप्टेम्बर २० तारिखका दिन अष्ट्रलियामा ‘रन फर सियोना’ अभियान पनि चलाईएको थियो । जसमा समिर अर्यालले ९ घण्टा दौडेर ५ लाख रकम सोनियाको उपचारका लागी जम्मा गर्न सफल भएका थिए ।