विजया दशमीकाे भाेलिपल्ट आज देशभर जम्मा काेराेना संक्रमितकाे संख्या ५७० जना भन्ने समाचारले धेरैलाइ अब काेराेनाकाे प्रभाव कम भएकाे हाे कि झैँ लाग्न सक्छ । तर विजयादशमीकाे दिन जम्मा २७२५ जनामा पिसिआर परीक्षण गरिएकाे थियाे भन्ने कुराचाहिँ हामीलाइ थाहा नहुन सक्छ । पछिल्ला ५ दिन काेराेना परीक्षण दरमा व्यापक कटाैति गरिएकाे हुँदा संक्रमण पनि कम देखिएकाे हाे । प्रायः समाचारले संक्रमित संख्या र मृत्यू दरलाइ प्राथमिकता दिँदा मानिसमा घटेकाे बढेकाे बारे एकिन गर्न अप्ठ्याराे भएकाे देखिएकाे छ ।

आज स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जारी गरेकाे सूचनमा देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० संक्रमण पुष्टि भएको जनाइएकाे छ । त्यसै गरी यहि अबधिमा १४ जनाकाे मृत्यू पनि भएकाे छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने मृत्यू हुनेकाे संख्या ८७६ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

हाल काठमाडौँमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २ सय ८१ जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।(फाेटाे साभारः द काठमाण्डु पाेस्ट)