धुलिखेल नगरपालिकाका कोरोना भाईरसका संक्रमित मध्ये हाल सम्म २ सय ९३ जना संक्रमणमुक्त भइ घरफर्किएका छन । नगरपालिका स्वास्थ्य शाखाले उपलब्ध गराउने बिवरण अनुसार आज थप ९ जनामा भाईरसको संक्रमण देखीएको छ ।

६ पुरुष र ३ महिलामा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सन्दीप केसीले बताए। हाल सम्म एक हजार छ सय २२ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा ३८८ जनामा संक्रमण पुष्टी भएको छ ।

अझै ९९ जना संक्रमित उपचाररत छन् । उपचाररत मध्ये सबै भन्दा धेरै होम आईसुलेसनमा छन् । शाखाका प्रमुख केसीका अनुसार होम आईसुलेसनमा ९० जना,अस्पताल आईसुलेसनमा ६ जना र संजिवनी आईसुलेसनमा ३ जना छन् ।