नाेभेम्बर महिनाकाे एक तारिखलाइ वर्ल्ड भेगान डे भनेर चिनिन्छ । शाकाहारीलाइ सम्बाेधन गर्ने याे दिन २०११ देखि मनाइन् थालिएकाे हाे । विश्वभर शाकाहारीकाे ठूलाे जनसंख्या छ । नेपालमा खासै शाकाहारीकाे संख्यालाइ महत्व दिने नगरिए पनि नेपालकाे छिमेकी भारतमा ठूलाे संख्यामा शाकाहारी रहेका छन् । यद्यपि नेपालमा शाकाहार बन्नु पर्छ भन्ने भावना भने बढ्दै गएकाे छ । नेपाल तथा भारतमा  शाकाहारसँग स्वास्थ्यमात्र नभै धार्मिक पक्षकाे पनि मान्यता रहिआएकाे छ । मांसाहार हिन्दू तथा बाैद्ध धर्ममा बर्जित मानिन्छ ।

यसाे हुँदा हुँदै पनि खाने कतिपय खाद्य एवम् पेयबस्तु थाहै नपाइ मांसाहारी हुने गरेकाे छ । हामी धेरैलाइ थाहा छैन चिनी सामान्यतया सेताे रंगकाे हुन्छ  । सेताे रंगकाे चिनी कुनै पनि अबस्थामा शाकाहारी हाेइन । चिनीलाइ सेताे बनाउन  नेचुरल कार्बन प्रयाेग गरिन्छ जु जनावरकाे हड्डीबाट बन्दछ । तसर्थ चिनी कुनै पनि हालतमा शाकाहारी एवम् धार्मिकरूपमा चढाउनयाेग्य हुने गर्दैन ।

त्यसैगरी धेरै मानिसले चुइगमलाइ सहजै खाने गर्दछन् । धेरैले चुइगम मैदा वा कुनै शाकाहारी स्वरूपबाट निर्माण हुन्छ जस्ताे मान्दछन् । तर चुइगम कुनै  पनि हालतमा शाकाहारी हैन । चुइगम बनाउँदा प्रयाेग गरिने जिलेटिन तत्व जनावरकाे छाला एवम् हड्डीबाट बन्दछ ।

सामान्यतया हामी पेय पदार्थ बियर एवम् वाइनलाइ शाकाहारी हुनसक्ने अनुमान गर्छाैँ । कतिपय मांसाहार नगर्नेहरूले बियर पिएकाे पाइन्छ । उनीहरूकाे तर्क हुन्छ याे जाै वा अन्य कुनै अन्नबाट बनेकाे हुन्छ । तर वियर तथा वाइनलाइ सफा गर्न प्रयाेग गरिने इजिनग्लास भन्ने बस्तु फिश ब्लेडरबाट बन्ने गर्छ ।

त्यस्तै जामहरूमा पनि जिलेटिनकाे प्रयाेग हुने गर्दछ याे जिलेटिन पशुकाे शरीरबाट लिइने गरिन्छ । त्यसैगरी कतिपय खानेतेलमा ओमेगा ३ फ्याट्टी यसिड काे मात्र  लेखिएकाे हुन्छ । यदि यसरि लेखिएकाे तेल छ भने याे तेलमा माछाकाे तेल प्रयाेग गरिएकाे हुन्छ ।