• केशव पाठक

नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी प्रायः पार्टीगत राजनीतिकाे विवादमा परिरहन्छिन् ।  वर्तमान प्रम ओलीलाइ सहयाेग पुर्याउनका लागि हाेस् वा राजसी तामझामका विषयमा हाेस् राष्ट्रपति जनमनमा बस्न सकेकाे देखिदैन । सदैव एमाले र नेकपाकाे राजनीतिमा शितलनिवास सक्रिय भएकाे आराेप एकातिर छ भने अर्काेतिर प्रम ओलीलाइ गाराेसाराे पर्दा राष्ट्रपति तेलकाे धुप हुने गरेकी सर्वविदित नै छ । सर्सर्ति हेर्दा राष्ट्रपति भण्डारी प्रम ओलीले भनेकाे वा अर्हाएकाे परिधिमै आफूलाइ सक्रिय बनाइरहेकी देखिन्छिन् ।

यतिखेर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई लिएर फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वाभाविक चासो राखेकी छिन् । नेकपा पार्टी विभाजनसम्म हुन सक्नेभनेर बिभिन्न काेणबाट समाचार आइरहेकाे बेला  राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरणमा महत्वपूर्ण मानिएका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर विवादबारे जानकारी लिएकी छिन् । उनले जानकारीमात्र लिएकी छैनन् गौतमसँग पार्टी मिलाउन आग्रहसम्म गरेकी छिन् । राष्ट्रपतिले नेकपा उपाध्यक्ष गाैतमलाइ अहम् भूमिका निर्वाह गर्न भनेकी कुरा समाचारमा प्रमुखता पाएकाे छ ।

गत साउनमा पनि  नेकपाकाे महाधिवेशन कहिले गर्ने विषयमा लिएर उत्पन्न विवाद समाधानमा पनि राष्ट्रपति भण्डारीले नै प्रत्यक्ष भूमिका खेलेकी थिइन्।

अहिले फेरी ओली कमजाेर भएकाे हाे कि भनेर साेचिएकाे बेला राष्ट्रपति ओलीकाे पक्षमा बाेल्न् आएकाे भनेर आलाेचित पनि भएकी छिन् । प्रम ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद साम्या पारी उनीहरुबीच सहमति गराउने काममा पनि राष्ट्रपतिले सक्रिय भूमिकाकाे सामाजिक सन्जाल तथा समाचारहरूमा भने आलाेचनाकाे उच्च विन्दुमा छ ।

सदैव समस्यामा पर्दा प्रम ओलीले वामदेव गाैतमलाइ उपयाेग तथा प्रयाेग गर्दै आएका छन् । तर प्रम ओलीले वामदेवलाइ उपयाेग गरीरहे पनि  बेला वामदेव गाैतम स्वयमका लागि भने केही कुरा हात लाउन दिएकाे देखिदैन । त्यहि कारण यसपटक वामदेवलाइ लाेभ्याउने काममा प्रम ओलीले  राष्ट्रपतिलाइ सदुपयाेग गरे भनेर चर्चा चलेकाे छ ।

यता गौतम भने ओलीले आफूलाई पनि धोखा दिएकाले अब उनको विकल्प खोज्नु पर्ने भन्दै ओलीविरुद्धको समिकरण निर्माणमा सक्रिय बताइन्छ । गाैतमले प्रचण्ड र नेपालकाे समिकरणलाइ यसपटक धाेखा नदिने प्रतिबद्धता जनाएकाे भनेर हल्ला चलेपछि राष्ट्रपतिले अनायस मात्र नभै अत्यन्त अस्वभाविकरूपमा उनलाई  शितलनिवास बोलाएकी हुन् । पदका लाेभमा जे पनि गर्न तयार हुने नेताकाे रूपमा चिनाइएका वामदेव गाैतम यसपाला प्रम ओलीकाे याे नयाँ ट्रिकलाइ पनि आत्मसात गर्छन् भन्ने हल्ला चलिसकेकाे छ ।

राष्ट्रपतिले आफ्नाे हैसियत बिर्सिएर पार्टीकाे काममा लागेकाे भन्ने निरन्तर आलाेचनाबीच विद्यादेवी भण्डारीले एकपटक फेरी दुनियाँले थाहा पाउने गरी पार्टी राजनीतिमा सक्रिय भएकी छिन् । उनकाे याे सक्रियताले प्रम ओलीले वैतरणी तर्न पाउलान् वा नपाउलान् एकदुइ दिनमा पक्कै थाहा हुनेछ ।