छिमेकी देशहरूमा काेराेना संक्रमण कम भैरहँदा नेपालकाे राजधानी काेराेनाकाे हटस्पट बनिरहेकाे छ । राजधानीका बिभिन्न स्थानीय निकायमध्ये धेरै संक्रमित भएकाे स्थानीयमध्ये एक हाे बुढानिलकण्ठ नगरपालिका । यस नगरपालिकामा दैनिक संक्रमणकाे दर बढिरहेकाे छ भने सक्रिय संक्रमितकाे संख्या धेरै रहेकाे पाइन्छ । बुढानिलकण्ठ नगरपालिकामा हाल ६४० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म यस नगरपालिकामा १८६७ जनालाइ काेराेना संक्रमण भएकाे छ भने १२१६ जना सं्रमणमुक्त भएका छन् ।

नगरपालिकामा रहेकाे स्थानीय सरकार संक्रमण राेक्न पूर्णत असक्षम भएकाे बेला २४ घण्टामा  थप ८३ जनामा कोराेना संक्रमण पुष्टि भएको जन स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । यस नगरपालिकाकाे वडा नं १० र १२ मा संक्रमितकाे संख्या व्यापक छ । बूढानिलकण्ठ नगरपलिका जन स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार कोरोना निको हुनेको दर ६५ .१३ प्रतिशत रहेको छ भने मृत्यु दर ०.५९ प्रतिशत रहेको छ।