टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने टोखा चण्डेश्वरी मन्दिर क्षेत्रको पूननिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा रहेको मुस्खारेश्वरको पूननिर्माण सकिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको  ९० लाखमा सो मन्दिरको पूनिर्माण भएको हो ।

मुख्य प्रवेश द्वारको निर्माण भने चण्डेश्वरी प्रवेशद्वार उपभोक्ता समितिले गर्दै रहेको छ । समितिले स्थानीयवासीसँग  २ लाख २९ हजार ४ सय १२ रुपैया  र टोखा नगरपालिकाको  ९ लाख रुपैयाको सहयोगले मन्दिरको मुख्य प्रवेशद्वारा निर्माण गरि रहेको छ । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ ।

मन्दिर क्षेत्रलाइ सुरक्षित बनाउन यस क्षेत्रमा सिसिटिभी जडान गरिएको छ भने कोभिड १९ कारण नियमित पुजा भएपनि सर्वसाधारणलाइ भने मन्दिर प्रवेशमा रोक लगाइएको छ ।