नेपालमा अपाङ्गता भएकाहरू ठूलाे समस्यामा बाँचिरहेका छन् । नेपाल सरकारले मासिकरूपमा दिने २ हजार रूपैँयाकाे झटाराेबाहेक नेपालमा अपाङ्गता भएकालाइ सम्बाेधन नै हुन सकेकाे देखिदैन । नेपालमा कुल जनसंख्याकाे करिब २ प्रतिशत कुनै न कुनै रूपले अपाङ्गता भएकाे जनसंख्या रहेकाे तथ्यांक  छ । तर तीमध्ये कतिपय  अपाङ्ता भएका व्यक्तिहरू खान नपाएर सडकमा मागेर बसिरहेकाे टुलुटुलु हेर्ने विश्वकै विरलै राज्यकाे काेटीमा नेपाल पर्छ ।

नेपालमा अपाङ्गता भएकाहरूकाे भयावह समस्यहरुबीच केही निजी व्यक्ति तथा संस्थाहरू भने मरिहत्ते गरेर उनीहरूकाे पक्षमा काम गरिरहेका छन् । औँलामै गन्न सकिने यस्ता सक्रिय नामहरूमध्ये एक हुन् डेण्डी शेर्पा । बाल अपाङ्ता भएकाहरूकाबीच दूइ दशकदेखि सक्रिय शेर्पाले बुढानिलकण्ठ नगरपालिकामा बाल अपाङ्ग टेवा संस्था नामकाे संस्था चलाइरहेका छन् । उनले यस संस्थामार्फत अपाङ्ता भएका बालबालिका पालेर उनीहरूकाे भरणपाेषणसमेत गरिरहेका छन् ।

कार्तिक २२ गते शनिवार लाइन्स क्लब अफ काठमाडाैँ कपनले जाेरपाटी र कपनमा दुइजना अपाङ्ता भएका व्यक्तिलाइ ह्विलचियर बाँड्याे । याे ह्विलचियर बाँड्ने कार्यलाइ सहयाेग गरेकाे थियाे उनै डेण्डी शेर्पाकाे संस्था बाल अपाङ्ग टेवा संस्थाले । लाइन्स क्लब अफ काठमाडाैँ कपनले बिबिध सामाजिक कार्यक्रमहरू गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिलाइ ह्विलचियर वितरण गर्ने कार्यक्रम राखेकाे थियाे । ह्विलचियर बाँड्ने काममा शेर्पा तथा उनकाे संस्थासँग सहकार्यका लागि लाइन्स क्लबका अध्यक्ष कुमार खड्का तथा उनकाे टिमले अग्रसरता लिएकाे थियाे ।

लाइन्स क्लब काठमाडाैँ कपनका अध्यक्ष कुमार खड्का भन्छन्, “नेपालमा अपाङ्गता भएकाहरूकाे अबस्था बडाे दर्दनाक हालतमा रहेकाे छ । उनीहरुकाे विकराल तथा विशाल समस्यामा सानाे भने पनि हातेमालाे गर्न पाउँदा खुशी लागेकाे छ ।” दुइवटा काठमाडाैँ र दुइवटा काठमाडाैँ बाहिर गरी ४ वटा ह्विल चियर बाँड्ने क्रममा कुमारकाे लाइन्स क्लब अफ काठमाडाैँ कपन र शेर्पाकाे बाल अपाङ्ग टेवा संस्थाबीच सहकार्य भएकाे हाे ।  कार्तिक २२ गते खड्का र शेर्पा उपस्थितिमा उनीहरूकाे संस्थाले अनाैपचारिक कार्यक्रम गरेर दक्षिणढाेका जाेरपाटीकी राधादेवी गिरी र बुढानिलकण्ठ जगडाेलका सुरज खत्रीलाइ ह्विलचियर विचरण गरेका हुन् । बाँकी दुइ ह्विलचियर सर्लाहीकी दिक्षीका कटुवाल र झापाका मुकुन्दप्रसाद भण्डारीलाइ प्रदान गरिने लाइन्स क्लब अफ काठमाडाैँ कपनका अध्यक्ष कुमार खड्काले काठमाडाैँ खबरलाइ बताए ।