नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित कार्यदलका सदस्यहरुलाई बालुवाटार निम्तो पठाएर डाकेका छन्।

पार्टीभित्रको विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो। यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गरेको थियो।

कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा समस्या र नेताहरुको आ-आफ्नै बुझाइ भएपछि थप छलफलका लागि बोलाइएको बालुवाटार स्रोतले जनाकारी दियो।

महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्।