चुनाव जित्न ठूलाे पैसा खन्याएका जनप्रतिनिधिले चुनिएपछि पहिलाे काम कसरी चुनावमा गरेकाे खर्च उठाउने भन्ने नै हुन्छ । पछिल्लाे चुनाव जुनरूपले खर्चिलाे भयाे त्यसले स्थानीयस्तरमा ठूलाे भ्रष्टाचार बढाएकाे छ । वडाध्यक्षका उम्मेदवारले जित्नका लागि ३० देखि ५० लाख खर्च गरेकाे भन्ने हल्लका बीच स्थानीय प्रतिनिधिहरु अबैध उत्खनन्, प्लटिङलगायतका काममा प्रत्यक्ष अप्रत्यक्ष लागेकाे आँखैले देख्न सकिन्छ ।

काठमाडाैँकाे उत्तरी भेकमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज छ । याे निकुन्ज तथा यस निकुन्जसँग जाेडिएकाे अन्य स्थानीय वनसँग जाेडिएका जमिनहरुमा प्लटिङ एवम् अवैध उत्खनन् बेराेकटाेक हुने गरेकाे छ । यस्ता प्लटिङ एवम् अवैध उत्खननमा स्थानीय जनप्रतिनिधिहरूकाे प्रत्यक्ष सहभागि हुने गरेकाे देखिन्छ । स्थानीय जनप्रतिनिधिसँगकाे सेटिङबिना यस्ता काम हुन नसक्ने दखेिन्छ । बुढानिलकण्ठ नगरपालिका तथा गाेकर्णेश्वर नगरपालिकाका उत्तरी क्षेत्रमा रहेकाे मध्यवर्ति क्षेत्र वफरजाेनभित्र पर्ने ठाउँमा व्यापकरूपमा प्लटिङ चलिरहेकाे छ । डाेजर प्रयाेग गरेर जग्गा मिलाउने नाममा भाैगाेलिक अबस्था  बिग्रिदैँ छ । यसले एकातिर भुस्खलन बढाएकाे छ अर्काेतिर जैविक अबस्था एवम् पर्यावरण वातावरण बिगारिरहेकाे छ । याे पूर्णतः नीति नियम र कानुन विपरित पनि रहेकाे छ । तथापि यी काम बेराेकटाेक चलिरहेकाे छ । भूमाफिया एवम् बालुवा व्यापारीसँग स्थानीय जनप्रतिनिधि बिक्दा कानुनकाे धज्जियाँ उडिरहेकाे छ ।

बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १३, २, १, ३ र ५ का वनसँग जाेडिएका ठाउँमा डाेजर चलिरहेकाे देख्न सकिन्छ । यी डाेजर कि प्लटिङ्का लागि चलिरहेका हुन्छन् भने कि माटाे र बालुवा उत्खननका लागि चलिरहेका छन् । बुढानिलकण्ठ १३ मा आधा दर्जन प्लटिङ बन क्षेत्रसँग जाेडिएर काम भैरहेकाे छ । यस वडामा रहेकाे चिहाने खाेलामा गैरकानुनीरूपले बालुवा पखाल्ने काम भैरहेकाे छ । डाँडाबाट  अबैध बालुवा एवम् माटाे ट्रिपरबाट निकालेर पखालेर घरघरमा पुर्याउने याे अबैध काममा स्थानीय जनप्रतिनिधिकाे प्रत्यक्ष संलग्नता रहेकाे देखिन्छ ।

यदि जनप्रतिनिधिकाे संलग्नता नहुँदाे हाे त यी कामलाइ राेकिन्थ्याे । यस वडामा सामुदायिक वनलाइ विनास हुने गरी धेरै प्लटिङ हुँदा पनि जनप्रतिनिधि तैँ चुप मै चुप अबस्थामा छन् । यस नगरकाे वडा नं २ का सामुदायिक वनसँग जाेडिएकाे क्षेत्रमा पनि प्लटिङ चलिरहेकाे छ । वडा नं ५ मा राष्ट्रिय निकुन्जसँगै ठूलाे प्लटिङ भएकाे छ भने आधा दर्जन अरू प्लटिङ भैरहेकाे छ । यता वडा नं २ र ३ मा प्लटिङका कामहरू भैरहेका छन् । तर आफू भ्रष्टाचार नगर्ने भनेर नथाक्ने यस नगरपालिकाका मेयर उद्धव खरेल पनि याे विषय पूर्णतः माैन छन् ।

बुढानिलकण्ठकाे छिमेकी गाेकर्णेश्वरकाे नगरपालिकाकाे वडा नं ३ मा प्लटिङ र बालुवा उत्खननका विशाल कामहरू संचालित छन् । यस वडामा आधा दर्जन ठूला ठूला प्लटिङ वन क्षेत्रलाइ छाेएर भएकाे छ । यस वडाका वडाध्यक्ष याे काम राेक्नलाइ नगरपालिकालाइ गुहारसमेत गरेकाे पाइएकाे छ तर बिन्दाश स्वभावका मेयर सन्ताेष चालिसे के कुरामा मग्न छन् देख्न सकिएकाे छैन । गाेकर्णेश्वर नगरपालिकाकाे उत्तरी भेकमा अरू दुइवटा वडामा प्लटिङ र अबैध उत्खननकाे यस्ता कथा छ्याप्छयाप्ति छन् ।

यता टाेखा र तारेकश्वर नगरपालिकामा पनि निकुन्ज निकटका वनहरू एवम् निकुन्जसँग् जाेडिएका जमिनमा सेटिङमा प्लटिङ गर्नेहरूकाे लामै लर्काे छ तर यसलाइ राेक्ने काम हुन सकेकाे छैन । यहि विषयमा टाेखा र तारकेश्वर नगरपालिकामा भएकाे प्लटिङ र अबैध उत्खनन् राेक्न खानी तथा भुगर्भ विभागले पत्र नै काटेकाे छ । तर बुढानिलकण्ठ र गाेकर्णेश्वरमा भने कुनै पनि कानुनि प्रकृया सुरू भएकाे छैन ।