आज तिहारको पहिलो दिन, काग तिहार। आजबाट विधिवत् रुपमा तिहार शुरु भएको छ। तिहार शुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरुको भिडभाड बढेको छ। काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि सप्तरंगी टीका, भाइमसला, फूल र झिलीमिली बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भिड बढेको छ। मध्य काठमाडाैँ बाहेकका ठाउँमा याेभन्दा पहिलाका वर्षकाे जति याे वर्ष राैनक छैन ।

याे फाेटाे काठमाडाैँकाे बुढानिलकण्ठ मन्दिर परिसरकाे हाे । अरू वर्ष भए तिहारकाे यी दिनमा बुढानिलकण्ठमा खुट्टा हाल्न सकिने अबस्था हुँदैनथ्याे । याे वर्ष बुढानिलकण्ठ मन्दिर क्षेत्रमा भीडभाड कमै छ । कोरोना संक्रमणका कारण पनि मानिसहरु तिहारका सामान किन्न सहजरूपमा बजार जान सकेका छैनन् ।