सानै उमेरमा आफ्नाे स्वरबाट  देशविदेशमा ख्याति कमाएका गायक प्रितम आचार्यले शशिविक्रम थापाकाे सङ्गीतमा गाएकाे नयाँ गीत सार्वजनिक भएकाे छ । वरिष्ठ कलाकार प्रभावकरदेव शर्माकाे शब्दमा नयाँ प्रयाेगसहितकाे गीतकाे बाेल रहेकाे छ “म पागल सरी तिमिलाइ माया गरी रहन्छु” । कार्तिक २८ गते शुक्रवार अमेरिकामा साे गीतकाे म्युजिक भिडियोसहित सार्बजनिक गरिएको छ । नयाँ प्रयाेग गरिएकाे यस गीतमा सङ्गीतकार शशिविक्रम थापाकाे पनि स्वर रहेकाे छ ।

म्युजिक भिडियाे निर्देशक रूपेश उप्रेतीले भिडियेालाइ कथानक बनाएका छन् ।  अमेरिकामै खिचिएकाे म्युजिक भिडियाेमा भगवद्गीतका श्लाेकलाइ पनि प्रयाेग गरिएकाे छ । म्युजिक भिडियाेमा नायक आयुश रिजालसहित मुकेश अधिकारी, गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला अभिनय गरेका छन् । “हाम्रो आफ्नै टि भी“ नामकाे युट्युव च्यानलबाट शुक्रवार सार्बजनिक गरिएको गीत तथा भिडियाेलाइ धेरैले मन पराएका छन् ।