रत्नपार्क भन्नाले काठमाडाैँकाे एक अर्काे नामझैँ लाग्छ । काठमाडाैँकाे मुटुमा रहेकाे यस पार्क ०१८ सालमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको नाममा स्थापित तथा नामकरण गरिएकाे थियाे । त्यसपछि काठमाडाैँसँग नमिटिने रूपमा रत्नपार्क जाेडियाे । काठमाडाैँकाे पर्याय भैसकेकाे रत्नपार्कलाइ गत स्थानीय तहको चुनावपछि काठमाडौं महानगरले सो पार्कको नाम शंखधर उद्यान राखेको थियो । गणतन्त्रको आएको १२ वर्षपछि अर्थात ०७५ सालमा काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम परिवर्तन गर्दै शंखधर उद्यान राखेको थियो ।

रत्नपार्कलाइ शंखधर साख्वा पार्क राखे पनि त न चर्चामा आयाे न जनसामान्यले रत्नपार्क भन्न छाडे । मानिसकाे मनमुटुमा बसिसकेकाे रत्नपार्कलाइ संखधर साख्वाकाे नाममा गरिएकाे राजनीति सफल हुन नसकेकाे देखिन्छ ।

रत्नपार्कका रुपमा परिचित ‘शंखधर उद्यान’ मा शंखधर साख्वाकाे शालीक राख्ने तयारी काठमाडाैँ महानगरपालिकाले गरिरहेकाे छ । संखधर उद्यान नाम चर्चित हुन नसकेपछि संखधर साख्वाकाे शालीक राख्न थालिएकाे हाे । शंखधर साख्वासहित मंकाखलका प्रणेता पद्मरत्न तुलाधरको शालिक राखिने भएको छ ।  काठमाडौं महानगरपालिकाले साख्वा र तुलाधरको शालिक पार्कभित्र राख्न लागेको महानगरले जनाएकाे छ ।  महानगरकाे अनुसार मंसिर ६ गते शालिक अनावरण हुने मिति तय भएको छ ।

शंखधर साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई तत्कालिन सरकारले राष्ट्रिय विभूति घोषणा गरेकाे थियो ।  साख्वाका बारेमा किंबदन्ती रहेकाे छ, उनले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति भनेर चिनिएकाे थिए । त्यसगरी वामपन्थी राजनीतिज्ञ रहेका तुलाधर भने नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत थिए ।तुलाधरको ०७५ मंसिर १८ गते निधन भएको थियो ।