सिन्धुपाल्चाेक जिल्लाकाे बाह्रबिसे-सुनकोशी-धुस्कुन-पिस्कर सडकको स्तरोन्नति सुरु भएको छ । आइतबार बागमती प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सडकको स्तरोन्नतिको सुरुवात गरे ।पन्ध्र दशमलव ५ किलोमिटरको सडक आठ मिटर चौडाइमा विस्तार गरिने भएको छ ।

दुई वर्ष दुई महिनामा पुरा गर्ने लक्ष्य सहित ३९ करोड ४० लाख रुपियाँमा सडकको  स्तरोन्नति हुनेछ । यस कार्यका लागि कान्छाराम कन्स्ट्रक्सनले कलभर्ट, पक्की नाला, अस्फाल्ट कङ्क्रिट सहितको ४० मिलिमिटर बाक्लो कालोपत्रे गर्ने गरी ठेक्का सम्झैता छ । केन्द्र र प्रदेश सरकारको समपूरक बजेटबाट निर्माण हुने सडकको निर्माणस्थलमा गुणस्तर परीक्षण र गुनासो सुन्ने स्थलसहित रहने बताइएकाे छ ।

२१ महिनामा सक्ने गरी काम गरिने र हरेक महिना प्रगती विवरण पठाउने तयारीका साथ काम शुरू भएकाे सम्बन्धित पक्षले जनाएकाे छ ।  । पिस्करदेखि शीलढुङ्गा सात किलोमिटर सडक आगामी वर्ष स्तरोन्नति गरि सकिने गरी काम हुनेछ । यस बहुआयामिक सडक सञ्जालले पिस्कर तौथलीको महत्व बढाउने स्थानीयले बताएका छन् ।  ऐतिहासिक महत्वको उक्त सडक निर्माणमा केन्द्र, प्रदेशसँगै स्थानीय सरकार सक्रिय रहने बताइएकाे छ ।