नेपालकाे दक्षिणपूर्वी तराइमा नयाँ प्रजातिकाे सर्प फेला परेकाे छ । हालसम्म पाइएका सर्पका नयाँ जातमध्ये सेताे रंगकाे याे सर्प करेत प्रजातिकाे सर्प हाे । भारतीय उपमहाद्विपमा पाइने करेत प्रजातिकाे सर्पभित्र सेताे सर्प देखिएकाे याे पहिलाेपटक हाे । गुलाबी छाला तथा  आँखाकाे डिल कालाे भएकाे याे सर्पकाे धनुषा जिल्लाकाे धनुषाधाम नगरपालिकामा भेटिएकाे हाे । सर्प प्रजातिकाे उद्धाकर्ता तथा फाेटाेग्राफर गणेश साहले माटाेमा भाँडामा राखिएकाे अबस्थमा याे सर्प फेला पारेका हुन् । साहले यसअघि धनुषाकाे किसानपुरका एक अर्काे नयाँ करेत प्रजातिकाे  सर्प भेटेका थिए । करेतलाइ अत्याधिक विषयुक्त सर्पकाे रूपला लिइन्छ ।

करेत सर्प सामान्यतया रातकाे समयमा सक्रिय रहन्छन् । करेतकाे टाेकाइले मानिस मर्ने सम्भावना धेरैहुन्छ । यसकेा विष २४ घण्टासम्म पूर्णरूपमा सक्रिय र घातक हुने गर्दछ  । नेपालमा फेला परेका सर्पमध्ये २० प्रतिशतमात्र विषाक्त हुने गर्छन् । नेपालमा हरेक वर्ष २० हजार मानिसलाइ सर्पले टाेक्ने र तीमध्ये १ हजारकाे मृत्यू हुने तथ्यांक विश्व स्वास्थ्य संगठनमा रहेकाे छ ।

(समाचार श्राेतः https://globalvoices.org)