बुढानिलकण्ठ नगरपालिकाकाे कान्छाे वडाका वडाध्यक्ष विवादका परिधिमा भने जेठा सावित हुने गरेका छन् । काठमाडाैँकाे उत्तरपूर्वि क्षेत्रकाे बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ विकासका काममा भन्दा विवाद र भ्रष्टाचारका विषयमा धेरै चर्चामा रहने गरेका छन् । यतिखेर उनी आफ्नै वडामा रहेकाे वालुवाकाे वाशिङमा लगानीकाे विषयले चर्चामा छन् । बुढानिलकण्ठकाे तुलनात्मरूपमा पछाडि परेकाे यस वडामा प्लटिङ व्यवसाय माैलाउँदाे छ । यही माैलाउँदाे प्लटिङ व्यवसायलाइ ध्यानमा राखेर खाेलिएकाे बालुवा वाशिङमा वडाध्यक्षकाे प्रत्यक्ष संलग्नता सबैलाइ चासाेकाे विषय बनेकाे छ ।

चुनिखेलकाे मध्यभागबाट बहने चिहानेखाेलामा स्थापना गरिएकाे बालुवा वाशिङले यताकाे प्राकृतिक एवम् जैविक पक्षलाइ विनाश गरिरहेकाे छ । डाँडाहरूलाइ भत्काउँदै त्यहाँबाट निस्किएकाे बलाैटे माटाेलाइ बाशिङमा धुने याे व्यवसायले ढिस्काे भास्ने र खाेला मास्ने कामलाइ प्राथमिकता दिइरहेकाे छ । प्राकृतिकरूपमा स्थानीय ४ वटा सामुदायिक बनले घेरेकाे यस वडामा ठूलाे बाटाहरू बनिरहेका छन् ।  गाम्चा सापाटार सडकबाटलगायत बाटाहरूले याे ठाउँलाइ झनै मूल्यवान बनाउने देखेपछि भूमाफियाहरू व्यापकरूपमा सक्रिय छन् । यिनै भूमाफियाकाे हितमा काम गरिरहेकाे आराेप वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठलाइ लाग्ने गरेकाे छ । बालुवा निकाल्नेदेखि प्लटिङ गर्ने सम्मकाे काममा वडाध्यक्ष आफै शेयरहाेल्डर भएर काम गर्ने आराेप लगाताररूपमा लाग्ने गरेपनि उनी कहिल्यै हाेइन भनेर खण्डन सम्म गर्दैनन् ।

चिहाने खाेलामा स्थापित बालुवा वासिङ गर्ने ठाउँमा बालुवयुक्त माटाे लिएर आउने र बालुवा लैजाना ट्रिपरहरूका कारण भर्खर बनेका बाटाेहरु बिग्रिसकेकाे छ भने धुलाे र ध्वनी प्रदुषणले बस्नै नसकिने अबस्थामा रहेकाे भनेर स्थानीयवासीले गुनासाे गर्ने गरेका छन् । यतिखेर बिसाैँवटा ट्रिपर चुनिखेलमा डाँडाे भास्ने काममा सक्रिय छन् । डाँडाे भास्ने, खाेला मास्ने प्रकृयालाइ कानुनीरूमा राेक्नु पर्ने निकायका वडाध्यक्ष स्वयम् यस काममा शेयरहाेल्डर बनेर व्यवसाय गरिरहेका छन् ।

याे विषयमा कुरा उठाउँदा वडाध्यक्षले गुण्डागर्दीपूर्ण धम्की दिने गरेकाे धेरैले बताएका छन् । एक समाचारप्रदायक पाेर्टलले याे बारेमा आवाज उठाउँदा साे पाेर्टलका संवाददातालाइ वडाध्यक्षले धम्कि दिएकाे समाचार प्रकाशित भएकाे छ । अनलाइनखबर हब नामकाे साे पाेर्टलका सम्वाददातालाइ सूचना मागेकाे भरमा धम्क्याएकाे जनाइएकाे छ । यसबारे वडाध्यक्ष श्रेष्ठले कुनै प्रतिक्रिया जनाएका छैनन् ।