• आकाश शर्मा

नेपालीहरुले जानेकै राजनीति गर्न भन्ने उखान चलिसकेकाे छ । त्यसैगरी केही कुरा तथा काम गर्न नसक्नेले राजनीति गर्ने भन्ने भनाइ पनि चलिरहेकाे बेला नेपालमा सानाठूला गरेर कति नेता हाेलान् ? भन्ने कुरा अनुमान गर्न पनि गाराे हुनसक्छ । टाेलैपिच्छे हैन घरैपिच्छे नेता भैसकेकाे नेपालमा सबैभन्दा धेरै जनताबाट चुनिएका व्यक्तिहरू पार्टी राजनीति गर्छन् । जनताले ५ वर्षका लागि चुनेर पठाएका जनप्रतिनिधि  निर्लज्जरूपमा पार्टीकाे राजनीति गरिरहेकाे हुन्छन् ।

सबै जनताका जनप्रतिनिधिहरु यतिसम्म गर्छन् कि उनीहरुका सामाजिक सन्जाल केपि ओली, प्रचन्ड, माधव नेपाल, शेरबहादुर वा गगन थापाहरूकाे वफादारी तथा तारिफमा भरिएका हुन्छन् । आफ्ना वरपरका जनप्रतिनिधिहरूलाइ यसाे सम्झिनुस् त, लाग्छ ती पार्टीका दास, भक्त वा हनुमानभन्दा तपाइँले केही पाउनुहुन्छ ? सबका सब पार्टी र पार्टीका नेताका दास मात्र बनेर बसेकाे भेट्नु हुन्छ । कि त्यसाे हैन ?

त्यसैचाहिँ पक्कै पनि हैन । धेरैभन्दा धेरै जनप्रतिनिधिहरू पार्टिका झाेले, हुक्के बैठके जस्तै लागे पनि केही जनप्रतिनिधि भने आफूलाइ जनताका काम गर्ने माेर्चामा हरहमेशा पार्टी र राजनीतिकाे साँघुराे दायराभन्दा माथि उठ्ने प्रयास गरिरहेका हुन्छन् । तपाइँ साेच्नुस् त त्यस्ता पात्रहरू पनि भेटिन्छन् नि न ?  तपाइँ एक हप्ता आफ्ना चिनेजानेकाे वा आफ्नाे काम पर्ने जनप्रतिनिधिहरू बारे अध्ययन गर्नुस् । केहि पात्र तपाइँले साेचेभन्दा राम्रकाे काम गरिरहेकाे भेट्नुहुन्छ ।

त्यस्तै एक पात्रकाे रूपमा लिन सक्नुहुन्छ राजेन्द्र श्रेष्ठलाइ । बुढानिलकण्ठ नगरपालिकाका यी जनप्रतिनिधि एउटा पार्टीबाट चुनावी मैदानमा आएर बिजय हासिल गरे पनि जनप्रतिनिधि भैसकेपछि राजनीतिकाे संकुचित घेराबाट माथि देखिन्छन् । बुढानिलकण्ठ नगरपालिकाका वडा सदस्य राजेन्द्र श्रेष्ठलाइ बिहानदेखि साँझसम्म जनताका बिभिन्न काममा लागिरहेकाे देख्नुहुन्छ । उनी सबैसँग उत्तिकै आत्मियता बाँडिरहेकाे देख्नुहुन्छ ।

चुनावअघि पार्टीकाे राजनीतिमा सक्रियरहँदा उनले पार्टीका कामलाइ पहिलाे प्राथमिकता दिए पनि चुनाव जितिसकेपछि उनी पार्टीकाे राजनीतिमा भन्दा पनि जनता काममा बढि सक्रिय रहे । यसले उनकाे व्यक्तित्वलाइ मात्र उठाएकाे छैन उनकाे पार्टीलाइ पनि जनतामा मजबुत बनाएकाे छ । बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं २ जहाँ सर्सर्ति हेर्दा नेपाली काँग्रेसकाे पकड भएकाे वडा मानिन्छ । तर याे वडामा काँग्रेसले  नै काँग्रेसलाइ हराउने आंकलन चुनाव पूर्व नै गरिएकाे थियाे । यसका लागि एउटा मिठाे एवम् शानदार कदम थियाे राजेन्द्र श्रेष्ठलाइ चुनावी टिकट । काँग्रेस बाहुल्य भएकाे स्थानीय वासिक गाउँका राजेन्द्र श्रेष्ठलाइ उनकाे पार्टीले गरेकाे भराेसा काँग्रेसभित्र अन्तरकलहबाट फाइदा लिन सफल भयाे । जसकाे कारण राजेन्द्र आफैले चुनावमात्र जितेनन् वडाध्यक्षमा राजेन्द्र खड्कालाइ जिताउन र मेयरमा उद्धव खरेललाइ बढि मत दिलाउन प्रभावशाली भूमिका खेल्याे ।

चुनावपूर्वकाे याे परिदृष्यपछि जनप्रतिनिधि बनेका राजेन्द्र श्रेष्ठ एक सक्रिय जनप्रतिनिधि बने । जाे जनतामा पूर्णतः समर्पित रह्याे । उनी बाटाघाटामा तथा चियापसलमा पनि खासै पार्टी राजनीतिका कुरा गर्न रूचाउँदैनन् । यतिसम्म कि राजेन्द्र श्रेष्ठकाे सामाजिक सन्जाल फेशबुकका कुनै राजनीतिक कुरा पाेस्ट हुने गर्दैन । उनले चुनाव जितेपछि जे जति पाेस्ट गरे ती विकास निर्माणका कुराहरू नै थिए । उनलाइ ट्याग गरेर केहीले नेकपाकाे राजनीति पनि पाेस्ट गरे पनि उनी आफूले राजनीतिक कुरासँग सम्बन्धित कुरा लेखेर पाेस्ट नगरेकाे ३ वर्षभन्दा धेरै भैसकेकाे छ ।

बुढानिलकण्ठ नगरपालिकामा कतिपय वडाध्यक्ष सामाजिक सन्जालबाटै पार्टीकाे राजनीति गरिरहेकाे हुन्छन् । काममा माखाे मार्न नसकेका त्यस्ता थुप्रै  जनप्रतिनिधिहरूबीच राजेन्द्र श्रेष्ठ पृथक पहिचान बनाउन सफल छन् । श्रेष्ठकाे पार्टीभन्दा माथि उठेर जनताकाे काम गर्ने सिलसिलाले उनलाइ वडावासीले सर्हाउने गरेका छन् ।