• आकाश शर्मा

बुढानिलकण्ठ नगरपालिका र यहाँका जनप्रतिनिधिका बारेमा चाहिने जति चर्चा तथा लेखिने काम भएकाे छैन । काठमाडाैँकाे एक प्रभावशाली स्थानीय तहमा हुने गरेकाे तथा भएका राम्रा नराम्रा पक्षका बारेमा लेख्ने गतिलाे कलमकै अभाव देखिने क्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूलाइ विष्णुअवतार बनाउने भ्रमयुक्त दुष्प्रयास भने यदाकदा हुने गरेका छन् । तथापि यस स्थानीय तहका जनप्रतिनिधिका बारेमा गाली तथा तालीकाे  चरम अभाव देखिन्छ । यस नगरपालिका र जनप्रतिनिधिका बारेमा कहिँ कतै केही मात्रामा लेखिए पनि ती  गाली गर्नेहरूलाइ पनि कमै गाली तथा माया गर्नेहरूलाइ पनि कमै माया भएकाे प्रतीत हुन्छ ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल जाे पूर्व गाविस अध्यक्ष तथा पूर्व शिक्षक पनि हुन् । गणतन्त्रपछि बनेकाे स्थानीय तहमा तीन वर्ष मेयर चलाइसक्दा पनि खरेल पंचायतकालिन शिक्षक र ०५४ कालिन गाविस अध्यक्षभन्दा माथि उठ्न सकेका छैनन् । आफूलाइ सर्वज्ञानी साेच्ने तर सिन्काे नभाच्नी कमै नगरप्रमुखकाे काेटीमा खरेलकाे नाम लेखिने डर बढ्दैछ । ३ वर्ष मेयर चलाइसक्दा खरेलले आफूलाइ अब्बल सावित त गर्न सकेनन् नै आफ्नै घाेषणापत्रमा लेखेका एकएक बुँदा यतिखेर उनलाइ गिज्याइरहेझैँ लाग्छ । तर खरेललाइ उनकै घाेषणापत्र र चुनावमा जनतासँग गरेका बाचाले थिचेकाे कुरा अवगत गराइदिने समाज एवम् व्यक्ति त कता हाे कता लेख्ने कलमसम्म पाइँदैनन् ।

मेयर खरेलमा इच्छाशक्तिकाे अभावमात्र हैन के गर्ने के नगर्ने भन्ने अवधारणा कै अभाव देखिएकाे बेला नगरपालिका कार्यालय लागातारजस्ताे भ्रष्टाचार तथा अनियमितामा भने मुछिँदै आएकाे  छ । खरेलले ६ जना प्रशासकीय अधिकृत फेर्दा एक प्रशासकीय अधिकृत घुषसहित रंगेहात समातिएका थिए । बुढानिलकण्ठ नगरपालिकालाइ कर्मचारीले कमाउने सबालमा भंसारकाे रूपमा रहेकाे चर्चा शुरूदेखि नै चलिरहँदा पनि मेयर खरेलेकाे नेतृत्व सुकाएकाे बिस्कुन चराले  छरेझैँ असरल्ल छ । उद्धव खरेल प्रमुख भएकाे नगरपालिकाले के गर्ने भन्ने साेचसम्म बनाउन नसक्दा नीतिगत भ्रष्टाचारकाे कतिपय विषयमा आलाेचित पनि छन् । आफ्ना  व्यक्तिगत लाभका लागि काम नगर्ने भनेर आफूलाइ चिनाउने खाेज्ने खरेल बेलाबखत अरूका भलाइका लागि उपयाेग भने भएका देखिन्छन् ।

नगरपालिकाका केही वडाध्यक्ष प्रत्यक्षरूपमा भ्रष्टाचारमा डुबिरहेकेा भनेर समाचारसमेत प्रकाशित हुँदा मेयर खरेल भनै हास्यास्पद माैन देखिन्छन् । यसैबीच नगरपालिकाकाे छाप तथा कागजात किर्ते गरेकाे आराेपमा एकजना समातिएकाे खबर आयाे । याे खबर केहि अनलाइनमा छापिनु र एक व्यक्ति समातिनुबाहेक नगरपालिका याे बारेमा पूर्णतः माैन छ । नगरपालिकाकाे यस्ताे छाप अरू कतिजनासँग हाेला ? याे प्रश्न अब उठ्न थालेकाे छ । नगरपालिका कार्यालयसँगै छ्यापछ्याप्ति रहेकाे कन्सेल्ट्यान्सिदेखि मेयर तथा वडाध्यक्षका विश्वास्पात्र व्यक्तिहरूपिच्छे नगरपालिकाकाे छाप तथा अन्य कागजात छ कि भन्ने काेणबाट प्रश्नहरूकाे वर्षा हुन थालेकाे छ । तर स्वच्छ छवि भनेर चिनाइने खरेल प्रमुख रहेकाे नगरपालिकाले याे बारेमा अझै केहि बाेलेकाे छैन । मेयर खरेल तथा प्रवक्ताका तर्फबाट याे विषयमा केहि कुरा आउने अपेक्षा गरिए पनि केही नबाेलिँदा यस्ता नगरपालिकाका छाप तथा कागजात धेरैँसँग रहेकाे अनुमान बढ्न थालेकाे छ ।

यस प्रशङ्गमा सामाजिक संजालमा भने कुरा उठ्न थालेकाे छ । सामाजिक सन्जालमा कुनै विषय प्रश्न बनेर उठ्याे  भने मेयर खरेल सिँगाैरी खाेल्न जान थालेका छन् । नगरपालिकाकाे छापका बारेमा  युवा संचारकर्मी तथा अभियान्ता बिजेन्द्र पुडासैनीले मेयर खरेललाइ सम्बाेधन गरेर सामाजिक सन्जाल फेशबुकमा  लेखे, “बूढानीलकण्ठ नगरपालिकाको मेयर साब जनताले तपाईलाई किन मेयर बनाए ? तपाइले बुझ्नै सक्नु भएन !तपाई किन मेयर बन्नु भयो त्यो नि तपाई लाई थाह छैन तपाई मेयर नबन्नु भएको भए के बन्नु हुन्थ्यो त्यो सोच्ने फुर्सद नै शयाद तपाइँलाई छैन होला ? #छापदुरुस्त या प्रसय ? भित्रि मिलोमतोको चलखेल के छ ? बुझी बुझाई दिनुहोला !”

याे विषयमा नगरपालिकाले एउटा समान्य धारणा सार्वजनिक गर्न नसकेकाे अबस्थामा मेयर खरेल बिजेन्द्र पुडासैनीकाे फेशबुक स्टाटसमा कुस्ती खेल्न तम्सिए र लेखे, “हरेक इस्यु मा छल फल र बहस गर्न तयार छु।कुनै कमजोरी भए सुधार गर्न तयार छु।डराएर भाग्ने छैन। कुनै अपराध र अनियमित भको भए देखाउन अनुरोध आव्हान गर्छु।जनता को मत को अप्मान हुन दिने छैन।४० बर्ष देखि जनता को सेवा गर्दै आएको छु। अझै छाती फर्काएर शिर ठाडो गरेर अघि बड्दछु। face बूक मा मात्र लेख्न चाहन्न।” खरेलकाे याे कमेन्टमा १२ जनाले लाइक पनि गरेका छन् ।

पुडासैनीले फेशबुकबाट एउटा गम्भीर विषय तेर्स्याएका छन् उठाएका छन्, मेयर खरेललाइ जनताले किन मेयर बनाए त्याे उनले बुझ्नै सकेनन् । याे आलेखकाे अभिप्राय पनि यहि हाे । शिक्षक तथा पूर्व गाविस अध्यक्ष पृष्ठभूमिका उद्धव खरेलले उनलाइ जनताले किन मेयर बनाए त्याे बुझ्नै नै सकेनन् !