काठमाडौँ ।अबदेखि अन्तर बैंक एटीमएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।