काठमाडौँ : काठमाडौँ बूढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माणहुदै गरेको कपन बहुमुखी क्याम्पसको बागमती प्रदेशका सामाजिक विकास मन्त्रि यूवराज दुलालले दोस्रोपटक हिजो ( मङ्सिर २० गते ) निरिक्षण भ्रमण गरेका छन ।

बागमती प्रदेशले ५ करोड आर्थिक सहयोग गरेर जग सुरुगरेको कपन क्याम्पस बागमती प्रदेशको गौरब भएकोले आवस्यक सहयोग गर्न आफ्नो मन्त्रालय तयार रहेको उनले बताए ।

निरिक्षण भ्रमणमा स्थानीय प्रदेस सासद कुसुमकुमार कार्की, बूढानीलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्टराई, नेकपा वडा नम्बर १० वडा कमिटि सचिव सन्चिता डोटेल, ११  वडा कमिटि अध्यक्ष हरिराम ढुङ्गाना  लगायत उपस्थित थिए ।