सविना श्रेष्ठ,काठमाडौँखबर/ काठमाडौँ उपत्यकाको उत्तर पूर्वी नगरपालिका शंखरापुर नगरपालिकामा कोभिड १९ रोगबाट संक्रमितहुने हरुको संख्या १ सय  ६२ पुगेको छ भने रोग बाट हालसम्म ३ जनाको मृत्युभएको छ ।

शंखरापुर नगरपालिकको सूचना अधिकारी सुभद्रा पुडासैनीका अनुसार रोग निकोहुनेको संख्या १ सय १५ रहेका छन ।

नगरपालिका भित्र एक्टिभ केस ३ जना महिला तथा ५ जना पुरुष गरि जम्मा ८ जना रहेका छन । नगरपालिकाले अहिले सम्म १ हजार १ सय  २६ जनालाई पिसिआर विधिबाट परिक्षण गरेको थियो । २०७५ सालमा भएको सर्वेक्षण अनुसार नगरपालिकाको कुल जनसंख्या २७ हजार २ सय २ रहेको छ ।

*सम्पादन गरिएको : निकोहुनेको संख्या १ सय ५१हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।