काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला र २६४ पुरुष गरी ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा मात्रे हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तो छ तथ्यांक

 

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ भने ८८ हजार ६ जना निको भएका छन्। हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५३ रहेको छ ।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५२१ पुगेको छ ।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। हाल लितपुरमा सक्रिय संक्रमितको संख्या ७०७ रहेको छ ।

त्यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ५८ पुगेको छ । जसमध्ये ९७ जनाको मृत्यु भएको छ भने ८ हजार ९८ जना निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या भक्तपुरमा ३३३ रहेको छ ।