प्रकृति विनाश यतिखेर सिङ्गाे देशकाे चुनाैति हाे । प्रकृति विनाशका बिबिध कारण तथा आयामहरु छन् तथापि मानव निर्मित समस्या नै प्रकृति विनासकाे जड हाे । मानिस आफ्नाे नाफा घाटाकाे दाउपेचमा जब प्रकृतिमाथि खेलबाड गर्न थाल्छ अनि विनाशका यावत् लिलाहरू देखा पर्न थाल्छन् ।

काठमाडाैँ उपत्यका प्रकृति विनाशकाे डरलाग्दाे चपेटाबाट गुज्रिरहेकाे छ । अब्यबस्थित बस्ती विकास तथा असन्तुलित भूखण्डिकरणले राजधानीलाइ नराम्ररी कुरूप बनाएकाे छ । उपत्यकाकाे डाँडाहरूसमेत यतिखेर वातावरणमैत्री देखिन छाडिसकेकाे अबस्थामा डाँडाहरुमा डाेजर आतङ्क सबैभन्दा ठूलाे समस्या देखिएकाे छ । भूमाफियाहरु फाँटमा जग्गा सकिँदै गएपछि डाँडा प्लटिङ गर्न छिर्न थालेपछि डाँडाभरी डाेजर र ट्रिपर दाैडिरहेका देखिन्छन् । यसरी डाँडामा डाेजर चल्दा कमजाेर भूआवरण रहेकेा उपत्यकाका कतिपय डाँडाहरू नै जाेखिममा परेका छन् । बलाैटाे माटाे भएकाे कागेश्वरी मनहरा, गाेकर्णेश्वर, बुढानिलकण्ठ, टाेखालगायतका काठमाडाैँका नगरपालिकाहरूमा यतिखेर डाँडाभास्ने काम निरन्तर भैहरेकाे छ । बिशेष गरेर बुढानिलकण्ठ र गाेकर्णेश्वर नगरपालिकामा यतिखेर डाँडामा प्लटिङका काम बेराेकटाेक भैरहेकाे छ ।

डाँडा भास्ने, खाेला मास्ने, अबैध बालुवा उत्खनन् गरेर प्रकृति विनाश भैरहेकाे बारे काठमाडाैँ खबरले लगातारजस्ताे लेखिरहेकाे छ । यसरी लेखिरहँदा केही कामहरू राेकिएका छन् । केहीलाइ काम गर्न असहज भैहरहेकाे छ । यसरी काम गर्न राेकिँदा तथा असहज हुँदा भूमाफियाहरूकाे ताराे लेख्नेहरू हुन थालेका छन् । काठमाण्डु खबरलाइ यही विषयमा ज्यान मार्ने धम्की आएकाे छ । प्रधानसम्पादक केशवराज पाठकलाइ दुइ नकावधारी मानिसले प्लटिङलगायतका विषयमा लेखेकाे विषयमा ज्यान गुमाउलास् भन्ने खालकाे धम्की दिएका छन् । बुढानिलकण्ठ १३ काे काैडाेलबाट तारेभीर जाने बाटाेमा वनकाे छेउ ढुकेर बसेका दुइ नकावधारी ज्यान मार्ने धम्कि दिएर फरार भएका थिए ।

भूमाफिया तथा बालुवा बिजनेस गर्नेहरूकाे दादागिरी नेपालमा ठूलै चल्ने गर्छ । याे घटना त एउटा सानाे प्रतिकमात्र हाे । भूमाफिया तथा अबैध बालुवामा काम गर्नेहरुले केटाहरू भाडामा राखेर धम्कीपूर्ण काम गर्ने गरेकाे भनेर समाचारहरू आइरहेकाे बेला काठमाण्डु खबरलाइ नै प्रत्यक्ष प्रभावित पारेकाे छ ।

अनुहारसमेत नदेखाइ ज्यान धम्की दिएर गएका विषयले काठमाडाैँ खबरलाइ झनै याे विषयमा लेख्ने उर्जा मिलेकाे छ । चुनाैतिमा नै काम गर्न मजा आउनेछ । याे प्रकृति बचाउ अभियानमा हाम्राे लेखनी जुनसुकै अबस्थामा पनि चलिरहनेछ । प्लटिङका नाममा डाँडा भास्ने, खाेला मास्ने एवम् अबैध बालुवा उत्खनन गरेर बासिङ गर्दै बेच्ने धन्दाका बिरूद्ध लेख्ने र सचेत गराउने हाम्राे अभियान जारी रहनेछ । सबैकाे साथकाे अपेक्षा गर्दछाैँ ।