• केशव पाठक

याे धुवाँकाे मुस्लाे आइरहेकाे दृष्य हामीमध्ये धेरैले देखेकाे छाैँ । तर यसकाे गम्भीरता र दीर्घकालिन असरका बारेमा भने हामी पूर्णत अनविज्ञ तथा चासाेहिन छाैँ । धाेवखाेला किनार तथा नाैलिङ्गेश्वरी मन्दिर पारी घाट एवम् वस्तीबाट १०० मिटरकाे दुरीमा धुवाँकाे मुस्लाे आइरहेकाे याे आस्फाल्ट प्लान्ट हाे ।

बुढानिलकण्ठ नगरपालिका वडान नं २ मा बाटाे पिच गर्ने कच्चा पदार्थ बनाउन तथा तताउनका लागि बनाइएकाे याे  आस्फल्ट प्लान्टले जनस्वास्थ्यमा ठूलाे असर परिरहेकाे कुरामा हामी एकरत्ति सचेत छैनाैँ  । दुइसाताबाट संचालनमा आएकाे याे प्लान्टले जनस्वास्थ्यमा असरतिर भन्दा कसले उद्द्घाटन गर्ने विषयमा विवाद देखिएकाे छ । नगरपालिका मेयर र प्रदेशसभा सांसदमध्ये कसले जनस्वास्थ्यका लागि अति हानिकारक याे प्लान्टकाे उद्घाटन गर्ने भन्ने विषयमा मेयरलाइ सांसदले जिल्ल्याइ दिएका छन् । मेयर नपुग्दै प्रदेशसभा सांसदले उद्घाटन गरेपछि राजनीतिक तरंग शुरू भएकाे छ  ।

याे प्लान्ट मानववस्तीकाे बिचमा राख्नु कति उपयुक्त वा कति हानिकारक भन्ने कुरामा भने सबै माैन छन् । अत्यन्त प्रदुषित धुँवाका मार्फत आर्सेनिकलगायताका घातक पदार्थ मानव शरीरमा क्यान्सरलगायतका घातक राेग निम्त्याउन मद्धत गर्छ यसखाले धुँवा कसैगरी मानववस्तिसम्म नपुग्ने ठाउँमा राख्नु पर्ने यस्ता प्लान्ट के के न काम गरेँ भनेर देखाउन वस्ती तथा धार्मिक सम्पदाकाे बीचमा स्थापना गरेर संचालनमा ल्याइएकाे छ ।

यसरी आस्फल्ट प्लान्ट राखिएकाेमा कसैले पनि बिराेध गरेका छैनन् । राजनीतिक वृत्त याे प्लान्ट राखिएकामा जस लिएर चुनाव जित्ने मेसाेमा छ भने साधारण जनतालाइ यसले पार्ने असरबारे थाहा छैन । जसले थाेरै थाहा छ उसकाे आवाज जहाँ जहाँ पुग्नु पर्ने त्यहाँ सम्म पुग्ने अबस्था छैन । नजिकै दुइ सरकारी विद्यालय तथा केही निजी विद्यालय, प्रशिद्ध नाैलिङ्गेश्वरी मन्दिर, घाट तथा पार्क अगाडि पानी फ्याक्ट्री स्थापना गरेझैँ गरी आस्फल्ट प्लान्ट स्थापना गर्नु साँच्चै मानव स्वास्थ्यप्रति खेलबाड नै हाे ।

यसरी आस्फल्ट प्लान्ट राख्नु अघि स्थानीय तहले आस्फल्टबाट जनस्वास्थ्यमा पर्ने असरकाे अध्ययन तथा विश्लेषण गरेकाे देखिदैन । आस्फल्ट जनस्वास्थ्यमा कति हानिकारक हाे भन्ने सामान्य जानकारी स्थानीय तहमा नदेखिनुका साथै प्रदेश सरकारकाे हेल्चेक्र्याइँकाे नतिजा धाेवीखाेला किनारमा संचालित आस्फल्ट प्लान्टले बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १३ र वडा नं २ नराम्ररी प्रभावित भएकाे छ । काेभिड समस्याकैबीच आंशिक संचालनमा आइरहेकाे विएमसी स्कूलका विद्यार्थी आस्फल्टकाे प्रदुषणबाट नराम्ररी प्रभावित भैसकेका छन् । गाम्चा तथा चपलीकाे वस्तीका बासिन्दाहरूमा यसकाे असर देखिन थालेकाे छ । तर स्थानीय तह याे बारेमा पूर्णतः माैन छ । स्थानीय तह यतिखेर प्रदेश सांसदले आस्फल प्लान्ट उद्घाटन गरे भन्ने विषयमा उदासी र रिसमा धुम्मिएर बसेकाे छ ।

वातावरण तथा जनस्वास्थ्यका विषयमा बुढानिलकण्ठ नगरपालिका कहिल्यै सचेत भएकाे पाइँदैन । चाहे सामुदायिक वनकाे सुरक्षाकाे विषय हाेस्, डाँडा भास्ने, खाेला मास्ने विषय हाेस् वा प्राकृतिक पार्क निर्माणकाे विषय हाेस् नगरपालिकाले एकपटक पनि घेात्लिएकाे पाइँदैन । वातावरण पर्यावरण तथा यसले मानव स्वास्थ्यलाइ पार्ने प्रभावका बारेमा  प्रदेश सांसददेखि संघीय सांसदसम्म कसैले साेचेर काम गरेकाे देखिदैन ।