राम हिटी सम्रक्षण पर्खाइमा छ ?!

काठमाडौं उपत्यकामा चार सय भन्दा बढी हिटी अर्थात ढुंङ्गेधारा छ । तर, अधिकांश अस्त्विमा नै छैनन् भने कतिपय पुरिएका छन् ।

यहाँ राखिएको फोटो काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित राम हिटीको हो यहाँ भने अहिले पनि सफा पानी आउछ । तर, पानीकै धारा नजिक अलिकति खालि जमिन बाकीं छ यहाँ अहिले फोहोर थुपार्ने तथा बाल्ने काम गरिन्छ । पानी धारामानै यस्तोयस्तो गतिविधिहुदाँ बोलि देने तथा हेरिदिने निकायको आखा यहाँ पुगेको छैन ।


काठमाडौँ उपत्यकाका अधिकांश ढुंगेधारा गोही आकारमा देउता थपना गरी बनाइएको देखिन्छ । लिच्छविकालमा कीर्तिको नामले चर्चित यी ढुंगेधारा मल्लकालमा हिटी (धारा) को नामले अहिलेसम्म प्रख्यात छन् । कुनै बेला ठूलो दह भएको काठमाडौँ उपत्यका बस्तीयोग्य हुने समयकालदेखि नै ढुंगेधाराको व्यवस्था भएको प्रस्तुत विभिन्न मूर्ति तथा ताम्रपत्रमा उल्लिखित लिपिहरूले जनाउने विज्ञहरू बताउँछन् ।

मह जोडीले केही वर्षअगाडि काठमाडौँमा पानीको हाहाकारलाई व्यंग्य गर्दै एउटा टेलिसिरियल निर्माण गरेका थिए, जलपरी । त्यसमा प्याकप्याके र सुकसुके टोल पानीको हाहाकार देखाउन विम्बका रूपमा प्रयोग भएका थिए । काठमाडौँ उपत्यकाको हबिगत त्यही नै हो । काकाकुल काठमाडौँ उपत्यकामा मेलम्ची अझै पनि ‘दिवास्वप्न’ बन्न गएको छ । आयो–आयो भन्दै नआएको मेलम्चीको आशामा उपत्यकाबासीले झन्डै २० वर्ष बिताइसके । त्यतिन्जेल जनसंख्या पनि चौगुणा बढिसक्यो ।

मेलम्ची आए पनि त्यसले ५० प्रतिशत माग धान्नेछ । बाँकी ५० प्रतिशतका लागि भगीरथ प्रयास गर्नुपर्ने देखिन्छ । २५ वर्षअघि पनि पानीको ठूलो अभाव थियो । त्यतिबेलाको करिब १५ लाख जनसंख्याका लागि व्यवस्था गरिएको ९ करोड लिटर पानी नै अहिलेको ४० लाख जनसंख्यालाई वितरण गरिएको छ ।


उपत्यकामा जमिनको दोहन भइरह्यो । ठूल्ठूला हाउजिङ बनिरहे । घर तथा बाटो बनाउन जथाभावी डोजर चलिरहे । त्यसले पुरातन नहर भत्काए । पानी सिञ्चित क्षेत्र अर्थात् पोखरी मासिँदै गए । विकासको होडमा जमिन सिलिङ गरियो, जसले जमिनभित्र पानी छिर्नै पाएन । राजकुलो भत्कियो, त्यसलाई ढल बनाइयो । त्यसबेला भएका संरचनाको मात्रै जोहो भएको भए अहिले पानीको समस्या मेटिन्थ्यो ।