• कफि समय/केशव पाठक

“कफि” पछिल्ला समय नेपालीहरूकाे दिनचर्या हुन थालिसकेकाे छ । आजभाेलि कफिसपमा नेता, कार्यकर्ता, पत्रकार, व्यापारी, कर्मचारीदेखि दलाल(?)सम्म भेटिन्छन् । एक दशक अघिसम्म नेपालमा कफिकाे भविष्यबारे चिन्तित हुने वर्ग अब नेपाल कफिकाे हब भएकाे सगर्व भन्ने अबस्था आएकाे छ । सामान्य भेटघाटदेखि प्रेमीप्रेमिका जाेडी, जग्गा बैनाकाे कागजदेखि पार्टीकाे गुटभेलासम्म अहिले कफिसपतिर नै देख्न पाइन्छ । सहरिया मान्छेकाे जीवनशैली बनिसकेकाे छ कफिसप ।

यही सन्दर्भमा कफिसपमा भेटेर कफिकाे तिताेपनसँगै समाजकाे बिभिन्न पात्रका मिठा कुरा लेख्ने जमर्काे हाे कफि-समय । याे लेखाइमा सकभर मानिसका मिठा कुरा पस्किने काेशिस हुन्छ तर सबैकाे भने हैन । रूचाइएका वा रूचाउनयाेग्य पात्रका बारे लेख्ने याे मेसाेकाे श्रीगणेशचाहिँ कुसुम कार्कीबाट भयाे । याे श्रीगणेश कार्कीसँगबाट हुनु नितान्त संयाेग मात्र थियाे । उनले “भेटुम्” भनेर फाेन गरे जुन मैले केही दिन अघि “अत्ताेपत्ताे छैन त माननीयज्यू” भन्ने फाेनकाे रिप्लाइस्वरूप भएकाे थियाे ।

भेटका लागि स्थानकाे तय हात्तीगाैँडा कम्पेल्क्सस्थित कफि सप बनाइयाे । हात्तीगाैँडा कम्प्लेक्स अनि कफिटकलाइ नै आधार बनाएर याे कफि-समयका पात्रहरूसँग भेट तथा भलाकुसारी गर्ने निधाे पनि गरेँ मैले । कफिटकमा पुष २ गते कुसुम कार्की आइपुग्दा बिहानकाे ९ः ३० भैसकेकाे थियाे । ९: १५ मा आइपुग्छु भनेका कुसुम कार्की ठ्याक्कै १५ मिनट ढिला थिए ।

कुसुम कार्कीकाे फेशबुकबाट साभार फाेटाे

वागमती प्रदेशमा माधव नेपालका सांसद भनेर चिनिन्छन् कुसुम कार्की ।  गाविस उपाध्यक्ष अनि अध्यक्ष भएर जनपक्षीय काम गरेका कार्की बुढानिलकण्ठ नगरपालिकाकाे मेयर बन्न चाहन्थे तर यही माधव नेपाल प्यानल भन्ने नाममा उनलाइ एकाखाले डरलाग्दाे स्याक गरिएकाे थियाे गत स्थानीय चुनावकाे उम्मेदवार छनाैट हुँदाताका । उनी यी विगतका कुरालाइ खासै उप्काउन चाहँदैनन् । भन्छन्, “याे राजनीतिकाे एक पाटाे हाे, यस्ता खालकाे चलखेल राजनीतिकाे अंग भैसकेकाे छ ।”

स्थानीय निर्वाचनमा मेयरकाे उम्मेदवार हुँदाहुँदै बाटैबाट खाेसिए पनि गत संघ तथा प्रदेशकाे चुनावमा उनी तुलनात्मकरूपमा सहज प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्न पुगे । चुनाव पनि हेलै जिते । प्रदेशसभामा उनकाे जीत तर संघमा राजन भट्टराइकाे हारसँग चित्त नबुझाउनेहरू पनि भेटिन्छन् । कार्की याेबारेमा धेरै टिप्पणी गर्न रूचाउँदैनन्, उनले भने “चुनाव जित्न जनतासँग भिज्नु पर्छ जाेगमेहर शैलीले अबकाे राजनीति हुँदैन”

प्रदेशसभा सदस्य भएर माननीय बनेकाे ३ वर्ष ठ्याक्कै पुगेकाे छ । यी तीनवर्षमा उनले के गरे के गर्न सकेनन् ती कुरा करिब सार्वजनिक नै छ । कार्की सस्ताे लाेकप्रियताका लागि पत्रकार गाडीमा हालेर हिँड्न रूचाउने नेतामध्ये पर्दैनन् । मनले खाएकाे याेजनामा पैसा पार्न जाेडताेडले लाग्छन् । बजेट पारिसकेपछि त्यसकाे ब्याज खान उनले सम्भवतः जानेनन् । याे विषयमा कतिले सांसद कार्की निस्वार्थ काम त गर्छन् तर अनुगमनतिर ध्यान दिँदैनन् जसले उनलाइ बेफाइदा हुने गरेकाे भन्ने गर्छन् ।

अलि अन्तर्मुखीझैँ लाग्ने कुसुम कार्की नेकपाभित्रकाे रडाकाेमा आफूलाइ संयमित बनाएर राखेका थाेरै नेतामध्ये एक हुन् । माधव नेपाल निकट हुँ भन्न उनलाइ कुनै हिचकिचावट छैन तर खुलेर ओलीकाे गाली गरेर उनी हिँड्दैनन् । सामाजिक सन्जाल चलाउँछन् तर एकदमै हेर्न र बुझ्नका लागिमात्र । उनकै कतिपय समकक्षीहरू आफ्नाे सामाजिक सन्जाल आत्मप्रशंसा र गुट प्रशंसाका लागि उपयाेग गरिरहँदा कार्की भने उनीहरूका गतिबिधि हेरेर माैन नै बस्छन् ।

यसकाे अर्थ के कुसुम कार्की माैन नै भएका हुन् त ? उनलाइ के अब राजनीतिक भविष्यकाे चासाे छैन ? कार्की भन्छन्, “हेर्ने आँखाका आधारमा देखिने बस्तुकाे स्वरूप झल्किन्छ । म माैन छैन, पटक्कै राजनीतिदेखि विमुख छैन । यहाँ फेशबुकमा आत्मप्रशंसा गरेमात्र वा गुट प्रशंसा गरेमात्र सक्रिय छ केही गरिरहेकाे  भन्ने साेच छ । म त्याे साेच राख्दिन आफ्नाे काममा मेराे सक्रियरूपमा लागेकाे छु ।” उनले यसाे भनिरहँदा काठमाडाैँ क्षेत्र नं ४ मा प्रचण्ड-माधव समूह निस्तेज र निस्क्रिय छैन भन्ने सन्देश दिँदै थियाे ।

कुराे लामाे हुन पाएन । यसैबीचमा नेकपा बुढानिलकण्ठ अध्यक्ष रविन अधिकारी आइपुगे । कार्की र अधिकारी बालसखा नै हुन् । उनीहरूका चाेटिला नाेकझाेँक सुनियाे । संयाेगले यही बेला पत्रकार पुन्य पुडासैनी पनि आइपुगे । सांसद कार्की, नेकपा अध्यक्ष रविन अधिकारी तथा पत्रकार पुन्य पुडासैनीसँग बसेर पुनः एकएक कप कफि खाइसक्दा पाैने एघार भैसकेकाे थियाे ।