कपन साहित्य समाजले कसास यात्री स्मृति पुरस्कार संस्कतिविद् तेजेश्वर वाबु ग्वंगलाई दिने निर्णय गरेको छ। पूर्णप्रकाश नेपाल “यात्री”को नाममा स्थापना गरेको पुरस्कार भक्तपुरका निबन्धकार, संस्कृतिविद ग्वंगलाई दिने निर्णय गरेको समाजका अध्यक्ष गणेश मिश्रले बताए।

उनका अनुसार समाजको शनिवार बसेको कार्यसमितिको बैठकले १० हजार राशीको सो पुरस्कार ग्वंगलाई दिन निर्णय गरेको हो। यसअघि प्रा.डा. दयाराम श्रेष्ठ संभवलाई सो पुरस्कार सम्मान प्रदान गरिएको थियो।