• केशव पाठक

पुष महिनाकाे चिसाेमा देशभर यतिखेर प्रधानमन्त्री केपि ओलीकाे सनकद्वारा उब्जिएकाे बिस्कुन सुकाइएकाे छ । तत्कालिन राेमन सम्राट निराेसँग तुलना गर्न सकिने कार्यशैली अनि जंगबहादुरकाे झैँ अहंकार, सनक र कुण्ठाका धनी वर्तमान नेपालका प्रधानमन्त्री केपि ओलीले देशलाइ कति ठूलाे भड्खालाेमा हाल्ने हुन् अनुमानसमेत लगाउन सकिने अबस्था छैन । किनकी हरेक अनुमान फेल जाने तरिकाले ओलीकाे सनक छटपटिइरहेकाेछ । ओलीकाे याे सनकमा देश, व्यवस्था तथा संबिधान त बन्धक भयाे नै अब गाउँगाउँ, घरघर बिभाजित हुने अबस्था आएकाे छ ।

प्रम ओलीकाे सनकमा गएको हप्ता नेपालको राजनीतिमा ठूलो उथलपुथल आयाे । केपि ओलीले आफ्नै दुइतिहाइ बहुमतकाे सरकासहितकाे स्वछन्द राजनीतिमाथि आफैले “कु” गरेका छन्  । यसअघि ०१७ सालमा बीपी कोइरालाको पालामा दुईतिहाइ बहुमत भए पनि राजा महेन्द्रले ‘कू’ गरेका थिए ।

ओलीकाे याे अहंकार तथा सनकसँगै संसद तथा जनतामा शक्तिशाली देखिएकाे पार्टी नेकपा फुटेको छ । ओलीले संसद् भंग गरेर मध्यावधि चुनावको घोषणा गरेपछि चुनाव वा संसद् पुनःस्थापना भन्ने मुद्दामा देश तथा जनतामा एकखाले राजनीतिक ध्रुवीकरण शुरू भएकाे छ । ओली आफै तथा उनका कतिपय मतियार स्पष्टरूपमा संसद पुनस्थापनाका कसैगरी हुँदैन भनेर हिँडिरहेका छन् । यसले सहजै अनुमान गर्न सकिन्छ, न्यायालय यतिखेर ओलीकाे सेटिङमा पक्षघात भएर बसिरहेकाे छ । श्रीमान् चाेलेन्द्रले असंबैधानिरूपमा ओलीले चालेकाे कदमप्रति अन्तरिम आदेश नदिकन सिधै संबैधानिक इजलासमा याे विषय फ्याँक्ने बित्तिकै भाेलिकाे दृष्यले सबैले अनुमान गरिसकेका छन् ।

संसद विघटन गर्नु महिनाैँ अघिदेखि प्रधानमन्त्री ओलीले सहमतिको बाटोभन्दा आत्मकेन्द्रित राजनीतिको बाटो रोजेका हुन् भन्ने कुरा भनिरहनु पर्दैन । उनले जति नै प्रचण्ड र माधव नेपालले घेराबन्दी गरेर काम गर्न दिएनन् भने पनि उनले के काम गर्न लागेकाे थिए र के गर्न दिएनन् भन्ने कुराकाे ओठे जवाफसमेत उनीसँग छैन । यत्ति निश्चित छ,  नेकपाभित्र देखिएकाे याे किचलो सिद्धान्त, प्रक्रिया र विधिसँग सम्बन्धित  छँदै थिएन, हुँदै हैन । पार्टीभित्रका यावत् विषय  व्यवस्थापन गर्न नसकेर जनतामा लिएर जानुमा एकातिर ओलीकाे नेतृत्वको असफलता ठहरिन्छ भने, अर्कातिर नेकपाले नेपाली जनताको मतको कदर गर्न नसकेको देखिन्छ ।

गत आम निर्वाचनमा ओलीले एमाले र माओवादी मिलेर देशमा स्थिरता, शान्ति र समृद्धि ल्याउने नारा दिएका थिए । महत्त्वाकांक्षी र दिउँसै रात पार्ने विकासका कुरा गरेर ओली त्यसबखत आफ्ना समकक्षी नेताभन्दा आफूलाइ बढी विकासवादी देखाउन भ्याए । देउवारूपका भस्मासुर प्रधानमन्त्री रहेर चुनाव भएकाे बेला ओलीका  पानीमा पादैझैँका विकासे गुट्टी हँकाइलाइ जनताले लालमाेहर लाइदिए । एमाले र माओवादीकाे अप्राकृतिकझैँ लाग्ने मेलबाट जन्मिएकाे नेकपालाइ कतिपय जनताले पत्याएर  बर्सेनि प्रधानमन्त्री परिवर्तन भैरहने अस्थिरताको लामो अध्याय अब समाप्त हुनेछ, नेपाल अब विकास र समृद्धिको नयाँ युगमा प्रवेश गर्नेछ भन्ने अपेक्षासमेत राखे  । तर ओलीकाे सत्ताकाे अहंकार र सनकले निम्तिएकाे नेकपाको फुटले नेपालको वामपन्थी आन्दोलनले एउटा शुभ अवसर गुमायो नै, देशले दशकौंपछि आएको स्थिरता र विकासको अवसर पनि गुमाएको छ ।

ओलीकाे यस असंबैधनिक कदमले नेपालको राजनीतिक अस्थिरता, सत्ता र शक्तिमाथि केन्द्रित राजनीति, सामाजिक र आर्थिक असमानता अनि सुस्त गतिको मानव विकास अब झन् बढ्नेछ । मानिसमा राजतन्त्र किन फ्याँकिएछ भन्ने धारणा जागृत गराउन ओलीकाे याे कदमले झन् तिव्रता दिएकाे छ । मानिसमा ०४६ सालपछिका  वर्षमा देशमा हावी भएका ओली, देउवा प्रवृत्तिले देशमा के गर्याे र भन्ने भावमा झनै व्यापक भएकाे छ ।

ओलीले पछिल्ला केही वर्षदेखि रटान लगाइरहेका स्रोत र साधनले नसकिने कुरा, हाम्रो भौगोलिक जटिलता अनि भू–राजनीतिक अबस्थाले नसकिने र तुक नभएका बतासे कुराकाे माेहमा बसिभूत भएका केही थान नेताहरु अझै ओलीकाे जयजयकारमा तल्लिन छन् । दास प्रवृत्तिका कार्यकर्ताहरू यतिखेर ओलीकाे सपनाका नाममा दीपप्रज्ज्वलन गर्न लालयित हुनु झनै डरलाग्दाे अबस्थाकाे सूचक हाे । महेश बस्नेत तथा सूर्य थापा प्रवृत्तिका दासहरू यतिखेर ओलीका नाममा राजनीतिदेखि समाजसम्म भड्काउन उद्धत छन् ।

साँचाेरूपमा जनतामा ओलीकाे याे कदमले झनै राजनीति र याे देशकाे अबस्थाप्रति विस्मित बनाएकाे छ । राजा फ्याँकेर आएकाे याे तथाकथित गणतन्त्रमा सत्तामा बस्ने वा नीतिनिर्माण गर्नेहरूले मन, वचन र कर्ममा कत्तिको इमानदारी देखाए त ? के नेपाल यसरी नै चलाउन गणतन्त्र आएकाे हाे ? नेताहरूले  लोकतन्त्र भने, जनता त्यसैतिर लागे ! नेताहरूले गणतन्त्र भने जनता त्यतैतिर हानिए । अनि पाए के त ?

यिनै नेताले स्थिरता चाहियो भने, जनताले झन्डै दुईतिहाइको सरकार बनाइदिए । तर बाँदर आफ्नै के च्पाप्पिएर मर्छ भनेझैँ याे दुइतिहाइकाे आंकडा बढि भयाे ओलीकाे नेकपालाइ । समग्रमा हाम्राे राजनीतिकाे साेच कति घृणित छ नेकपाकाे वर्तमान यथार्थ र ओलीकाे चरित्रले देखाइदिएकाे छ । हाम्राे  राजनीति, शासनसत्ता र राज्यको चरित्र हिजाे जस्ताे थियाे आज पनि त्यस्तै छ,  जस्ताको तस्तै छ ।

याद राखाैँ, सर्वोच्च अदालतले मध्यावधि घोषणालाई संवैधानिक वा असंवैधानिक जे भनेर फैसला दिए पनि ओलीकाे याे  अहंकारयूक्त असंबैधानिक कमदले नेपालकाे राजनीतिमा झन् ठूलाे अस्थिरताको युग सुरु गरेकाे छ । कारणबस् संसद् पुनःस्थापना भयो भने ‘हङ पार्लियामेन्ट’ अर्थात् मिलीजुली सरकारको शृंखला सुरु हुनेछ जुन कुनै पनि हालतमा राम्राे हुनेवाला छैन । फेरी राजेन्द्र महताे, उपेन्द्र यादवहरु सत्तामा हावी हुन पाउनेछन् । यदि पुनस्थापना भएन भने ओलीकाे ज्यादती र कुण्ठाकाे सास्ती याे देशले झेल्न सक्दैन ।

अबका दिन आधिकारिक नेकपा कुन हो भन्ने कानुनी वैधता र राजनीतिक लडाइँले देशव्यापी झडप वा हिंसा बढ्ने निश्चित छ । नेकपा विभाजनको परकम्पबाट प्रदेश सरकारको स्थिरतामा समेत असर परिसकेकेा छ । नयाँ प्रदेश सरकार बनाउन सांसद तानातानको खेल सुरु भैसकेकाे छ । थाेरै पनि तलमाथि भयाे भने ओली प्रदेश सरकार विघटनतिर जाने छन् । त्याे कदमले  झन् अस्थिरता बढाउनेछ  ।