प्रधानमन्त्री ओलीले संसद विघटन तथा पार्टी टुक्र्याएपछिकाे साइड इफेक्टहरू धमाधम देखिन थालेकाे छ । यसै सेराेफेराेमा वागमती प्रदेश सरकार बिरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भैसकेकाे छ । अरू प्रदेश सरकारबिरूद्ध पनि अविश्वासकाे प्रस्ताव दर्ता गर्ने तयारी भैरहँदा  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज आइतबार अविश्वासको प्रस्ताव दर्ता हुँदैछ।

शनिबार साँझ मुख्यमन्त्री राइद्वारा बर्खास्त  गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार आइतबार नै प्रस्ताव दर्ता गरिनेछ । प्रचण्ड-नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । ओलीभक्त राइलाइ हटाएर माधव नेपालभक्त भीम आचार्य मुख्यमन्त्री बनाउने तयारी भएकाे बताइन्छ ।