चिनियाँ उपमन्त्री क्वो काठमाडौँमा काठमाडौँ १२ पुस ः चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्बिर ः रोशन सापकोटा÷रासस

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ काठमाडाैं आउनु भएकाे छ ।

उपमन्त्री गुओ नेतृत्वको एक उच्चस्तरीय टोली आज दिउँसाे ३ बजे काठमाडाैं आएकाे हाे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनकाे अवस्थामा रहेका बेला चिनियाँ टाेली उच्चस्तरीय भ्रमणका लागि आएकाे हाे ।

उपमन्त्री गुओ नेतृत्वको ४ सदस्यीय टाेली नेपालमा ४ दिन रहनेछ । नेपाल बसाइँका क्रममा टाेली नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने बताइएकाे छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ ।