काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणी पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट बर्खास्त गरेका छन ।

यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्कट्टेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

जम्कट्टेलसहितका तीन मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यससँगै, सत्तारुढ नेकपाको केन्द्रमा भएको राजनीतिक विभाजनको असर प्रदेश सरकारमा पनि पुगेको थियो ।