• केशव पाठक

“पागल” “सन्की”, “अहंकारी” भनिने वा मानिने यावत् कृत्य देख्न अब केपि ओलीबाट बाँकी छैन । मेराे देशकाे प्रधानमन्त्री केपि ओलीका यावत् पक्षलाइ  सामान्य आँखाले हेर्ने हाे भने पनि उनलाइ पूर्ण पागल भन्न हिच्किच्याउन पर्दैन । बाँकी सन्की, अहंकारी, कुण्ठाग्रस्तलगायत थुप्रै विशेषणयूक्त शब्दावलीले ओलीलाइ बखान गर्ने सम्भवतः पुग्दैन । त्यसाे त “पागलपन” आफैमा आलाेचनायाेग्य विषय हैन । याे एक विरामी हाे । त्यसैले केपि ओलीकाे नाममा “पागल” शब्द प्रयाेग गर्दा पागलपनका विरामीप्रति कुनै पनि हाेचिअर्गेल्याइ गर्न खाेजिएकाे हैन ।

हाम्राे देशकाे प्रधानमन्त्रीका रूपमा आफ्नाे जीवनमा दुइपटक गद्दिआसिन हुन पाएका ओली आफ्ना मुखाबिन्दबाट निस्कने  गाेलीरूपी आवाजबाहेक देशकाे झाेलीमा सुन्य याेगदान दिने व्यक्ति हुन् । सदैव मपाइँ गर्न मात्र उद्द्धत हाम्रा प्रधानमन्त्रीले देशलाइ करिब आधा दशक वर्ष चलाइसके । याे आधादशकमा ओलीकाे छुराजस्ताे मुखबाहेक अरू केही चलेकाे कसैले चाल पाएनन् । तर मपाइँमा पारंगत उनी सदैव संसारनै आफ्नाे कारणले अडिएकाे तथा चलेकाे अभिव्यक्ति दिने गर्छन् । उनका भक्तहरु गुणगान गर्न मस्त हुन्छन् ।

पछिल्ला समय पागपनग्रस्त हाम्रा प्रमले असंबैधानिक कदमबाट नेपाकाे संसदकाे प्रतिनिधिसभा संसद विघटन गरेका छन् । संसद विघटन गरेपछि ओलीले आफूलाइ दुइतिहाइ बहुमत दिलाउने पार्टी फुटाएका छन् । पार्टी फुटाएर बाहिरिएका ओलीकाे खेमामा वरिष्ठ नेता भनिने वा गनिने उनि स्वयम् मात्र हुन् अरू काेही पनि छैन । कनिष्ठ नै कनिष्ठकाे बीचमा बसेर बसेर यतिखेर ओली आफ्नै पार्टिका पूर्व समकक्षीहरूमाथि प्रहार गरिरहेका छन् ।

विघटनपछि दिनहुँजस्ताे ओलीका लामा लामा भाषण सुन्न पाइरहेकाे छ गुट मिटिङमा बाेलेकाे । यी भाषणमा उनी प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाइ गाली गरेर थाकेका छैनन् । दूइवर्ष अघि रेलका नारा, पानी जहाजकाे नारा, पिटपिट गरेर घरमा घरमा ग्याँस पाइपकाे नारा लगाएर सिन्काे नभाँचेका ओलीस्ँग अब झनझन् अरूलाइ गाली गर्नु बाहेक बाेल्ने कुरा केही बाँकी छैन ।

एक हास्यकलाकार झैँ मञ्चमा उदाउने केपि ओली आफ्नाहरुमाझ हसाउने पात्रमात्र भएका देखिन्छन् । हास्यरसपूर्ण अभिव्यक्तिमार्फत हाम्रा प्रधानमन्त्री कता कता भय डर बाँडिरहेकाे हुन्छन् । एकखाले गुण्डागर्दी बाँडिरहेका हुन्छन् । स्वेच्छाचारिता एवं बद्नियतपूर्ण निर्णयबाट प्रतिनिधि सभा विघटन गरेका कामचलाउ प्रधानमन्त्री केपी ओलीका गतिविधिलेमात्र हैन बाेलीले पनि  भय एवम् आशंका  सिर्जना हुने गर्दछ । ‘रूप’मा हास्य पाइए पनि ओलीकाे वाचाल शक्तिले ‘सार’मा एक क्रुरता र रक्तपिपासु स्वरूप बाँडिरहेकाे हुन्छ ।

आफैले पटकपटक हावादारीरूपमा बाेलेर कार्यान्वयन तहमा सिन्काेसमेत नाभाँचेका दर्जनाैँ  बाचाका चाँङमाथि बसेर दासहरुकाे झुण्डबीच रावणरूपी कम्युनिस्ट प्रधानमन्त्री  केपि ओली अट्टाहास हाँस्छन् । निर्वस्त्र हुनुकाे पराकाष्ठामा लगाैँटीसमेत नलगाइँ दासहरुकाे झुण्डबीच प्रचण्ड र माधव नेपाललाइ ओली भन्छन्, “साँढे नाङ्गाे देख्दा मलाइ लाज लाग्दैन ।”

बेलाबेला तत्कालिन राेमन सम्राट निराेसँग तुलाना भैरहने केपि ओली देशकाे याे लज्जास्पद हालतमा  लाज नै पचाएर नेपालकाे समृद्धि देखेर दुनियाँ चकित भएकाे बताउँन सक्छन् । उनले यसाे भनिरहँदा उनका दासरूपी झुण्ड सिठ्ठी मारेर ताली पिट्छन् अनि भन्छन् आइएमविथ केपि ओली भनेर चिच्याउँछन् । कहिले कर्मचारी, कहिले बाैद्धिक वर्ग त कहिले पत्रकारलाइ गाली गरेर समय बिताइरहेका हाम्रा प्रधानमन्त्रीले नयाँ बिजनेस पाएका छन् ५० वर्ष सँगै हिँडेका सहकर्मी माधव नेपाल र झलनाथ खनाललाइ गाली गर्ने ।

हामी एकपटक सुनाै उनले बाेलेकाे भाषणहरू । एक प्रधानमन्त्रीका हैसियतले कतै वा कवै बाेल्न तथा भन्न नसुहाउने स्वनिर्मित उखान तथा उपमा दिएर उनी आफूलाइ सस्ताे बनाइरहेका हुन्छन् । आफ्ना भन्नेहरु जति नै बदनाम पात्र भए पनि उनी त्यसलाइ बचाउँछन् भने अरू भनिनेका जतिसुकै राम्रा मान्छे भए पनि हाम्रा प्रम उसकाे जराेकिलाे उखाल्न आफै तम्सिन्छन् ।

प्रधामन्त्री ओलीले संसद विघटन गरेपछि याे मुद्धा अदालतमा पुगेकाे छ । तर ओली अदालतकाे एकरत्ति इज्जतसमेत नगरी मञ्चबाट प्यारप्यार गर्जिन्छन् “कुनै हालतमा पुनस्थापना हुँदैन” भनेर । कुटिल मन एवम् मतिका हाम्रा प्रम ओलीले अर्का कुटिल तथा लाेभग्रस्त मानुवा देउवाकाे साथ पाएका छन् । जसरी पनि प्रम पाए हुने भन्ने साेचले ग्रसित देउवाकाे यसपटक सत्ताकाे हरियाे घाँस खान पाउने नियती त पक्कै नहाेला । तर देश जलाएर ओलीरूपी निराे बाँसुरी बजाउन देउवाकाे मतिले सहयाेग चाहिँ गर्छ नै ।

पागलपनले ग्रसित ओलीका कारण देशले फेरी एकपटक संघर्ष गर्न पर्ने अबस्था आएकाे छ । जनताले बनाएकाे एउटा शासकमा आएकाे हिटलरी पनाले सबैखाले तहतप्कालाइ यतिखेर सडकमा तानेकाे छ । सबैकाे मुखमा यतिखेर केपि ओलीकाे पागलपन, सन्काहापन, अहंकार एवम् कुण्ठाले देश झनै झनै अंधेराेतिर धकेलिएकाे भाव भेटिन्छ । डेढ दशकपछि फेरी सामाजिक न्यायका लागि जनता सडकमा पुग्न परेकाे छ । फरक यत्ति हाे यसपटक आफैले चुनेर पठाएकाे व्यक्तिकाे पागलपनले जनता सडकमा पुग्न बाध्य भएका हुन् । ओलीकाे पागलपन, सन्काहापन एवम् अहंकारकाे बिराेधमा वृहत नागरीक आन्दाेलन सुरू भैसकेकाे छ ।

गजब नै भन्नुपर्छ केपि ओलीकाे नक्कली राष्ट्रवाद आधा दशक पनि टिक्न सकेन । निराेरूपी यी पागल प्रधामन्त्री निभ्ने बेलाकाे दीपझैँ अबस्थामा छन् । ओलीकाे वियाेगान्त अन्त्य पक्कै पनि ज्ञानेन्द्र शाहकाे जति सुखद हुनेछैन । ओलीतन्त्रका यावत् भ्रमबाट मुक्त भएर प्रतिगमन बिरूद्धकाे संघर्ष कति लामाे चल्न पर्ने हाे त्याे भने हेर्न बाँकी छ ।