
स्थानीयस्तरमा पनि बिभिन्न इभेन्टहरू गरेर ट्यालेन्टहरू खाेज्ने साेच अनुसार प्रथम “मिस बुढानिलकण्ठ” हुने भएकाे छ । बुढानिलकण्ठ नगरमै रहेकाे “मयुर इभेन्ट म्यानेजमेन्ट प्रा.लि.” को आयोजनामा ” मिस बुढानिलकण्ठ ” को प्रतियोगिता कार्यक्रम हुने भएको हाे । मिस बुढानिलकण्ठ इभेन्ट आयाेजनाकाे लागि आयाेजक मयुर इभेन्टले आवश्यक परामर्श र औपचारिक तयारी सुरु गरिरहेकाे बताएकाे छ ।
कम्पनीकाे प्राेग्राम काेर्डिनेटर विपिन महर्जनका अनुसार कोभिड -१९ को संक्रमण र यसको कारण उत्पन्न समस्या समाधान हुनासाथ प्रतियोगिता आयाेजना गरिनेछमहर्जनले बुढानिलकण्ठ नगरपालिका र उत्तरी भेगमै आयोजना गर्न लागिएको पहिलो ब्युटी प्याजेन्ट कार्यक्रम भएकोले यसमा उत्साह र चुनौती दुबै हुने बताए । उनले कार्यक्रम सन् २०२१ भित्र नै सम्पन्न गरिसक्ने गरि तयारी सुरु गरिएको र अब छिट्टै प्रेस सम्मेलन समेत गरिने जानकारी गराए ।