प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीति गर्ने जिल्ला झापामा यतिखेर पूर्वराजा ज्ञानेन्द्र शाह आएका छन् । पूर्वराजा ज्ञानेन्द्र यसअघि पनि पटकपटक झापा पुगेकाे थिए तर  उनी अघिल्ला भन्दा फरक राजनीतिक परिस्थितिमा यसपाली झापा पुगेका छन् ।

यतिखेर ओलीले असंबैधानिकरूपमा प्रतिनिधि सभा विघटनले मुलुक प्रतिगमन, अस्थिरतातर्फ फर्किएकाे बेला छ । पार्टीसमेत फुटाइका ओलीकाे यतिखेर सर्वत्र विरोध भइरहेको छ । यसैबेला पूर्वराजाको महिना दिनजति लामो राजनीतिक भेटघाट, मन्त्रणा लिएर झापा पुग्नु सबैकाे चासाे र महत्वकाे विषय भएकाे छ । गत आइतवार बुद्ध एयरकाे नियमित जाहाजबाट चन्द्रगढी ओर्लिएका पूर्वराजा दमक हिमालय टि स्टेटमा १ महिना  बस्ने कार्यक्रम छ ।

ओली नेतृत्वकाे दुई तिहाईको सरकारले जनताका समस्या सम्बोधन गर्न नसक्दा जनता निराश भएकाे बेला १ महिना बस्ने गरी झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र नेपाली राजनीतिमा तरंग ल्याउने धेरैले अपेक्षा गरेका छन्  । ओली सरकारसँकाे व्यापक जनअसन्तुष्टिकाबीच झापामा फेरी एकपटक  ‘राजा आउ देश बचाउ’को नारा घन्किएकाे छ ।

राजाको नाममा राजनीति गर्ने राप्रपादेखि राजावादी भन्ने बिभिन्न संस्था समूहहरू अहिले हिन्दु धर्मसहित बिभीन्न मुद्दा बनाएर सडकमा छन् ।,  त्यतिमात्र हैन कांग्रेस महामन्त्री डा.शसांक कोइरालाले दक्षिणको चासोमा राजनीति गर्नेहरुलाई हिन्दु राष्ट्रको कुरा जनमत संग्रहबाट मात्र टुंगो लाग्न सक्ने बताइरहेकाे बेला हाे याे । यहि सेराेफाेराेमा ओलीले संसद विघटन गरेर पार्टी फुटाउँदा राजा तथा राजसंस्थाप्रति मानिसकाे चासाे निकै नै बढेकाे देख्न सकिन्छ ।

धेरैले ओलीकाे याे कदमलाइ भारतकाे गम्भीर इसारामा भएकाे बताइरहेकाे छन् । तर  भारतले भने खासै चासाे देखाएकाे देखिदैन । तर दक्षिणकै सहकार्यमा संविधानमा अधिकार नभएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री नै प्रतिगमनकारी कदम उठाए भन्ने सन्देश नेपालमा भने दिनानुदिन मजबुत बन्दैछ । यसले कसैलाइ फाइदा गरेकाे छ भने त्याे राजा तथा राजसंस्थावादीलाइ हाे ।

पूर्व राजा ज्ञानेन्द्रकाे याे झापा भ्रमणकै अबधिमा नेपालकाे राजनीतिमा केही न केही अझै आशा निराशाका कथाहरू कथिने सम्भावना छ । यी कथाहरुले प्रत्यक्ष अप्रत्यक्ष राजावादी एवम् हिन्दूवादीहरूलाइ सहयाेग नै पुर्याउनेछ । धेरैले पूर्व राजा ज्ञानेन्द्रले झापाबाट व्यक्तिगतरूपमै केही सन्देश दिने अनुमान गरेका छन् ।