
- बिजय पौडेल
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( एमाले)को पाचौं महाधिवेशन २०४९ साल माघ १४–२० मा काठमाडौंमा सम्पन्न भयो जसले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गयो । खास गरी जनता को बहुदलीय जनवाद कार्यनीति, संगठनात्मक प्रस्ताव, विधान, कृषि क्रान्तिको कार्यक्रम, विश्व कम्युनिस्ट आन्दोलन र जाति, भाषा सम्बन्धी नीति जस्ता दस्तावेजहरू पारित गरिए । यो महाधिवेशनले अध्यक्ष मा मनमोहन अधिकारी र महासचिवमा मदन भण्डारीलाई अगाडि सार्यो । यो महाधिवेशन ले नेपाली क्रान्तिका निम्ति निम्न नीति कार्यक्रम प्रस्ताव गरी पारित गर्यो।
१ संविधानको सर्वोच्चता,
२. बहुलवादी खुला समाज,
३. शक्ति पृथकीकरणको सिद्धान्त,
४. मानवअधिकारको रक्षा,
५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली,
६. अवधिक निर्वाचन,
७. बहुमतको सरकार र अल्पमतको विपक्ष,
८. कानुनको शासन,
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण,
१०. विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग,
११. क्षतिपूर्ति,
१२. विदेश नीति,
१३. नेतृत्व र अधिनायकत्व,
१४. जनताको बहुदलीय जनवाद।
मौलिकता को रुपमा विश्व कम्युनिस्ट आन्दोलनको नेपाली धर्ती भित्र नयाँ प्रयोगको सुरुवात गर्यो ।
कमरेड मदन भण्डारीको हत्या भएश्चात यो विचार जनता माझ लोकप्रिय बन्दै गयो र कमरेड मनमोहन अधिकारी को अल्पमतको सरकार बनेपछि मात्र व्यावहारिकता पायो ।
यो विचार २०५४ माघमा छैटौं महाधिवेशन नेपालगन्ज मा सम्पन्न भयो जसले माधवकुमार नेपाललाई महासचिव निर्वाचित गर्यो र थप सिर्जनशिल हुँदै आफूलाई समृद्ध बनाउँदै लग्यो । सातौं महाधिवेशन २०५९ माघ मा जनकपुरमा भयो यो महाधिवेशन ले ज ब ज कै आडमा आन्दोलनरत माओवादी लाइ शान्ति प्रक्रिया र सामन्तवादी सोच भएको कांग्रेस लाइ लोकतान्त्रिक वाटोमा हिडन महत्वपूर्ण योगदान दियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पार्टी ले तेस्रो स्थान हासिल गरेपछि २०६५ बैसाख १ गते तत्कालीन महासचिव माधवकुमार नेपाल ले १४ वर्ष पछि नेतृत्व छोडेसंगै २०६५ फागुन ५- १४ सम्म चलेको बुटवल नगरपालिका आठौ महाधिवसनबाट एक तह आफूलाई विकास गरायो र झलनाथ खनाललाई अध्यक्ष मा निर्वाचन गर्यो त्यो बेला सातौं महाधिवेशन ले अंगिकार गरेको योजना सफल प्रयोगको रुपमा स्थापित भयो र गणतन्त्र स्थापना गर्ने बाटो खुल्यो ।
२०७१ असार १९ देखि साउन १ सम्म काठमाडौं मा नवौ महाधिवेशन ले यो विचारमा मात्र सीमित राखेन माक्सवाद लेनिनवादको नेपाली संस्करण को रुपमा उभ्यादै सिद्धान्त को रुपमा विकास गर्यो । विश्व कम्युनिष्ट आन्दोलनमा यो आफैमा एक महत्वपूर्ण प्रयोग र उपलब्धि हो ।
महाधिवेशले अध्यक्ष मा केपी शर्मा ओली लाई निर्वाचित गर्यो ।
यही महाधिवेशन जनताको बहुदलीय जनवाद सिद्धान्त को रुपमा विकास भएको हुँदा एतिहासिक महाधिवेशन को रुपमा चिनिन्छ गरिन्छ ।
अब प्रश्न उठछ
मैले बुझेको न्यूनतम नीति कार्यक्रम वा कार्यदिशा परिमार्जन र संशोधन हुन सक्छ
तर सिद्धान्त को रूपमा ग्रहण गरेको विचार र रणनीति परिमार्जन थाती राखी पछि टुंग्यानुपर्ने विषय हुनै सक्दैन
। फरक विचारलाई आफ्नो सिद्धान्त ल्याई सहमत गरी एकता गर्ने हो तर एकताको नाममा फरक विचार सित सम्झौता र संशोधन गर्ने काम गर्दैन । विश्व कम्युनिष्ट आन्दोलनमा यो कहिपनी छैन ।