स्वास्थ्य मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ। अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन भनेको छ। सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो।