प्रधानमन्त्री केपि ओलीले  प्रतिनिधिसभा विघटन गरेकाे विषयमा नेपाली काँग्रेसद्वारा घाेषित बिराेध कार्यक्रमलाइ सम्बाेधन गर्न गगन थापा ह्यान्डबल मैदान आउने भएका छन् । दुइदिन अघि पार्टी केन्द्रिय समितिले केपि ओलीकाे कदम असंबैधानिकभन्दै देशभरकै सबै इकाइमा बिराेध कार्यक्रम गर्ने निर्णय गरेकाे थियाे । साेहि निर्णयअनुरूप पाैष २५ गते शनिवार कपनकाे ह्यान्डबल मैदानमा गगन थापाले सम्बाेधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीकाे कदमबारे चरम आलाेचकका रूपमा रहेका केन्द्रिय सदस्य थापाले लाेकतन्त्र र संबिधानकाे रक्षाकाे वकालत गर्दै आएका छन् । थापाले ट्विटर तथा फेशबुकमार्फत आफ्ना अभिमतलाइ हरेक दिन सार्वजनिक गरिरहेका छन् । त्यसैगरी संचारमाध्यम तथा  बिभिन्न कार्यक्रममा थापाले जाेडदाररूपमा ओलीकाे कदमलाइ गलत भन्ने गरेका छन् । यद्यपि यही विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर थापा ओलीप्रति लचिलाे हुँदा नेपाली काँग्रेसभित्र तथा बाहिर काँग्रेसकाे आलाेचना हुँदै आएकाे थियाे । यही आलाेचनाबीच नेपाली काँग्रेसले देशका सबै इकाइमा सशक्तरूपमा प्रधानमन्त्रीकाे कदमकाे बिराेध गर्ने बताएकाे छ ।

ह्यान्डबल मैदान गगन थापाका लागि सदैव महत्वपूर्ण हुने गरेकाे छ । याे मैदानमा थापाले गरेकाे केहि भाषण कालजयी छन् । उनकाे फेशबुक पेजमा प्रयुक्त कभर फाेटाे यही मैदानकाे आमसभामा खिचिएकाे फाेटाे हाे । प्रधानमन्त्रीकाे कदमका बिरूद्ध थापाले ह्यान्डबल मैदानमा गर्जने स्वर निकै बुलन्द र प्रभावशाली हुने धेरैले अपेक्षा गरेका छन् । साे कार्यक्रमलाइ सफल बनाउन क्षेत्रीयस्तर, प्रदेश तथा इकाइस्तरमा बिशेष तयारी भएकाे देखिन्छ । कार्यक्रम दिनकाे १ बजे हुने जनाइएकाे छ ।