“उठाैँ संसद विघटनकाे असंबैधानिक  कदमका बिरूद्धमा, उठाैँ लाेकतान्त्रिक संबिधान रक्षाकाे पक्षमा” भन्ने नारासहित नेपाली काँग्रेसले पुष २५ गते देशभरका ३३० प्रदेशसभा क्षेत्रमा गर्ने बिराेध कार्यक्रमकाे तयारी पूरा गरेकाे छ । प्रधानमन्त्री ओलीले असंबैधानिकरूपमा संसद विघटन गरेकाे भन्दै नेपाली काँग्रेसले तत्कालका लागि ३ चरणकाे बिराेध कार्यक्रम तय गरेकाेमा पुष २५ गते शनिवारका लागि प्रदेशसभा स्तरमा बिराेध कार्यक्रम गर्न लागेका हाे । याे बिराेध कार्यक्रम काँग्रेसकाे शक्ति प्रर्दर्शनकाे रूपमा पनि हेरिएकाे छ ।

काठमाडाैँमा पनि प्रदेसभा क्षेत्रस्तरमा बिराेधसभाका लागि व्यापक तयारी गरिएकाे देखिएकाे छ । कार्यक्रम स्तरीय र प्रभावशाली बनाउन इकाइ इकाइमा मिटिङ बस्नुका साथै हरेक क्रियाशिलसम्म सहभागिताका लागि सन्देश पुर्याइएकाे । काठमाडाैँ क्षेत्र नं ४ मा का दुइ प्रदेशसभा क्षेत्रमा हुने कार्यक्रमक लागि व्यापक तयारी भएकाे छ । आफ्नाे प्रदेशसभा क्षेत्रमा बिराेध प्रर्दशनका लागि सबै तयारी पूरा भएकाे क्षेत्र नं ४ प्रदेशसभा क्षेत्र ख का सभापति विनाेद चालिसेले बताए ।

कार्यक्रममा र्याली तथा जनसभा हुने हुने जनाएका छन् । बिराेधसभालाइ पार्टीभित्रकाे वेमेलकाे राजनीतिबाट टाढा राख्ने तयारी रहेकाे पनि सभापति चालिसेले जनाए । प्रधानमन्त्रीले देश, संसद र संबिधानलाइ नै बन्दकी बनाएका बेला हामी गुटगत राजनीतिभन्दा माथि उठेर बिराेधकाे निरन्तर आवाज उठाउनु पर्छ चालिसे बताए । कार्यक्रममा प्रकाशमान सिंह, गगन थापा, न्हुच्छनारायण श्रेष्ठ तथा क्षेत्रीय सभापतिले राजु श्रेष्ठले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे पनि उनले बताए । सभापति चालिसले बिराेध कार्यक्रममा स्थानीय तहमा स्थानीय सरकारले गरेका कमजाेरी र गर्न नसकेकाे कामका बारेमा कुरा उठाउने बताए ।

पार्टीकाे कार्यक्रममा सांसद कार्यालयकाे हस्तक्षेप

यसैबीच प्रदेसभा क्षेत्रकाे कार्यक्रमलाइ गगन थापाकाे सांसद कार्यालयले आफ्नाे कार्यक्रमजस्ताे गरी प्रचार गरेकाे देखिएकाे छ । गगन थापाकाे निजी नम्बर, उनका नाममा खुलेका केही फेशबुक तथा भाइबरबाट लगातार कार्यकर्तामाझ म्यासेज जाँदा बिराेध कार्यक्रम गगन थापाले आयाेजना गरेकाे सन्देश जाने गरी विज्ञापन बनाइएकाे छ । साे फाेटाेप्रधान विज्ञापन सामाग्रीमा गगन थापाकाे फाेटाे राखेर विराेधसभामा आउन अपील गरिएकाे छ । विज्ञापनमा कतै पनि प्रदेससभा क्षेत्रकाे कार्यक्रम भनेर उल्लेख गरिएकाे छैन ।

याे फाेटाेजन्य विज्ञापन गगन थापाकाे निजी फाेन नम्बर रहेकाे भाइबरबाट लगातार आइरहेकाे छ भने भाइबरमा आइरहेकाे सन्देशमा पनि प्रदेशसभाकाे कार्यक्रम भनेर उल्लेख गरिएकाे छैन । गगन थापाकाे माेबाइल नम्बरबाट आएका म्यासेजमा पनि गगन थापाकाे आफ्नाे कार्यक्रम भएकाेझैँ गरेर सन्देश आएकाे छ ।  गगन थापाकाे कार्यालयकाे याे कामकाे धेरैले माैन आपत्ति जनाएका छन् । “बिराेध कार्यक्रम गर्ने बेलामा याे विषयलाइ प्राथमिकता नदिएकाे मात्रै यसकाे हिसाबकिताब कुनै दिन मागिनेछ” एक क्षेत्रस्तरकाे नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

गगन थापालाइ क्षेत्र तथा पार्टीसँग समन्वय नगरेकाे आराेप सदासर्वदा लाग्ने गरेकाे छ । क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ यही विषयले सदैव गगन थापासँग रूष्ट रहेकाे बताइन्छ । “संगठनलाइ मतलब नगरी म नै संगठन वा म नै सबैथाेक हुँ भनेर हिँड्ने थापाकाे शैलीले पनि क्षेत्र नं ४ काे संगठन धराशायी भएकाे हाे” ती नाम उल्लेख गर्न नचाहने क्षेेत्रीय नेताले बताए । तिक्तता पाेख्दै उनले भने, “थापाले क्षेत्रमा कसैलाइ माथि उठाउन भूमिका नै खेलेनन् । १५ वर्षदेखि क्षेत्र नं ४ काे राजनीतिमा जराे गाडे पनि काेहि पनि भाेलि लागि नेता बनाउने तयारी थापाले गरेनन् । महिला र युवाकाे नेतृत्व विकास गराउन एककदम पनि भूमिका खेलेनन् ।’

पटक पटक नाम उल्लेख नगरिदिने शर्तमा उनले भने, “गगन थापा सिंगाे देशले आशाकाे गरेकाे मान्छे हुन् तर आफ्नाे क्षेत्रकाे राजनीतिमा उनले भराेसायाेग्य केहि गरेनन् । संगठनलाइ निराशाकाे उच्चतम बिन्दुमा पुर्याउने काम थापाबाट भएकाे छ ।”