• कफि-समय

अलि छिटै भावुक हुने प्रकृतिका रविन अधिकारी राजनीतिका पछिल्ला घटनाबाट दिक्क छन् । प्रधानमन्त्री केपि ओलीले असंबैधानिकरूपमा संसद विघटन गरेका मात्र नभै पार्टीलाइ डरलाग्दाे भूमरीमा पारेकाे परिदृष्यलाइ अधिकारीले पचाउन सकेका छैनन् । ओलीकाे कदम र राजनीतिकाे वर्तमान स्वरूपले अधिकारीमा एकखाले आक्राेश पनि देखिन्छ र राजनीतिप्रति विमाेहित भएकाे भाव पनि उनीमा पाइन्छ ।

यतिखेर नेकपाका सच्चा एवम् भावनात्मक सबै नेता-कार्यकर्ता सम्भवतः यस्तै बिलखबन्दमा छन् । प्रधानमन्त्रीकाे कदमसँगै पद ,पैसा र शक्तिकाे लालच वा धम्की देखाउन घरमा आइपुग्ने नेकपाकाे एक ग्याँगकाे माखेसाङ्लाेले उनलाइ नियमित परिक्रमा गरिरहेकाे छ । “तर रविन अधिकारीलाइ पद, पैसा वा शक्तिकाे लालचले न हिजाे छाेएकाे थियाे न कहिल्यै छुन्छ” रविनले भने । “नेताहरूकाे ताल देखेर दिक्क लाग्नु एउटा कुरा हाे विचलित नहुनु अर्काे कुरा” माेहभङ्ग पारेर आफ्नाे गुटमा ल्याउँछु भनेर अनेक तिकडम गर्नेहरुलाइ रविनकाे याेभन्दा मिठाे जवाफ के हाेला र ।

अधिकारी नेकपाकाे राजनीतिमा आउन वर्तमान उपराष्ट्रपति नन्दकिशाेर पुन तथा स्वयम् नेकपा अध्यक्ष प्रचण्डकाे भूमिका रहेकाे छ । ०६३ सालमा प्रचन्डकै हातबाट सदस्यता लिएर नेकपाकाे राजनीतिमा आएका अधिकारी यतिखेर आफूलाइ “दहाल-नेपाल समूह” काे हुँ भन्न कुनै हिचकिचावट छैन । तर ओली समूहका नाममा केहीले उनीमाथि प्रयासमाथि प्रयास गरेकाे देख्दा उनीहरूप्रति उदेक मान्छन् । याे प्रयासकाे के अर्थ हाेला भनेर साेच्छन् तर अर्थ भेट्दैनन् । “विचराहरूलाइ काम अर्हाउनेहरुले यसै गर् भनेका हाेलान् । दासहरूबारे के टिप्पणी गरूँ” एकखाले मायापूर्ण राेष प्रकट गरे अधिकारीले ।

रविन अधिकारीसँग हात्तिगाैँडामा बसेर सयाैँ कप कफि खाइयाे तर अधिकारी र उनकाे राजनीतिकाे बारेमा एकदम कम नै लेखियाे । उनी मिडिया फ्रेन्डली छन् तर मिडियामा अनावसनाव छाइरहन चाहँदैनन् । पत्रकार वा लेखकलाइ गाडीमा बाेकेर हिँड्ने अनि जे पायाे त्यही लेख्न लगाउने प्रवृत्ति उनमा छैन ।   माओवादी केन्द्रबाट नेकपा हुँदै नेकपा फुटेकाे अबस्थासम्म आइपुग्दा रविन अधिकारीका बारेमा गत स्थानीय चुनावताका लेखिएका केही समाचारजन्य सामग्री मात्रै मेरा मनसपटलमा आउँछन् । यसकाे अर्थ उनका बारे लेखिनयाेग्य केहि थिएन भन्ने हैन । बुढानिलकण्ठ नगरपालिकालाइ कसरी विकास गर्ने भन्ने एकखाका पनि रविन अधिकारीसँग छ । नगरलाइ कसरी आफ्नै स्राेतबाट खानेपानी खुवाउने भन्ने बारे पनि उनले एक अवधारणा बनाएका थिए । समाचार वा लेखमा छाउन उनीसँग मसला नभएकाे हैन तर उनले ती कुरा भजाउने बेला नभएकाे बताउँथे ।

ओलीले संबिधानमाथि कू गरेर पार्टी फुटाएपछिका दिनमा उनी पनि चाहिनचाहि व्यस्त नै छन् । यसै क्रममा हात्तिगाैँडाकाे कफिटकमा आफ्ना भन्ने वा नभन्नेहरूसँग् राजनीतिक बहस गरेर बसेकाे पनि नदेखिएकाे हैन । कफिटकमा बसेर दैनिक हजारभन्दा माथि खर्च गर्ने अधिकारी कफि भने कहिल्यै खाँदैनन् । उनी अक्सर ग्रिन टि खान्छन् भने कहिलकाँही कटिङ टि भनेर थाेरै दुधकाे चिया खान्छन् । उनी भनेर आउने वा उनीसँगै बस्नेहरुले खाएकाे हजाराैँ कप कफिकाे पैसा भने अधिकारीले तिरेका छन् । डेढवर्षदेखि उद्यमका नाममा खाेलिएकाे एक कृषि व्यवसायका साथीहरूसँगकाे भेटघाट पनि यही कफिटकमा नै गर्छन् । कफि नखाए पनि कफिकाे गन्धले सम्भवतः उनलाइ छुन्छ  ।

रविन अधिकारी नेपाली राजनीतिका अन्टसन्ट पक्ष खासै बुझ्दैनन् । कताकता राजनीतिमा हाेमिएका अराजनीतिक मान्छे झैँ लाग्छन् उनी । त्यसमाथि फुटेकाे संघारमा पुगेकाे पार्टीका नेताहरूकाे गतिबिधि त उनी बुझ्दैबुझ्दैनन् । “तर मलाइ कताकता लाग्छ पार्टी फुटिहाल्दैन । याे कुनै न कुनै बहानामा फेरी एकजुट हुन्छ ।” नयाँ पुस्ताले देशकाे राजनीतिदेखि देखाएकाे अफसाेच देखेर उनकाे मन दुखी हुन्छ । राजनीतिले विकासलाइ मूल मुद्धा बनाउन नसकेकाेमा उनलाइ चिन्ता व्यक्त गरिरहेका हुन्छन् । एकपटक मेयर बनेर आफूले काेरेकाे ड्राफ्टमा नगर विकास गर्ने एकखाले सुषुप्त चाहना भने उनमा देखिन्छ ।

राजनीतिका अन्टसन्ट गतिबिधि नबुझ्ने/नजान्ने रविन अधिकारीमाथि यतिखेर आफ्नाआफ्नैबीच लडाएर दिग्भ्रमित बनाउनेहरु सक्रिय छन् । राजन भट्टराइकाे सुरक्षित(?) राजनीतिका लागि बुढानिलकण्ठ नगरभित्रकाे दहाल नेपाल समूहका सहकर्मीबीच आपसी मनमुटाव पैदा गराउने तत्वलाइ हालसम्म त अधिकारीले चुराेटकाे धुवाँसरी उडाएका छन् । तर यतिखेर रविन अधिकारी, कुसुकुमार कार्की, बालकृष्ण श्रेष्ठ तथा ध्रुवराज न्याैपानेलाइ एक भएर काम गर्ने नदिने र मन मिल्न नदिने डिजाइनमा भैरहेकाे यावत् कृत्यकाे पूर्ण भेउ भने उनले पाएका छैनन् कि भन्ने लाग्छ । “संसद विघटनपछिकाे राजनीतिक यावत् पक्षलाइ नजिकबाट नियालीरहेकाे छु । मनन गरिरहेकाे छु । मान्छे चिन्न अवसर भएकाे छ । पछिल्लाे राजनीतिक गतिबिधिबाट निराश छु, तर आफ्नाे कर्तव्य र लाइनबाट एकरत्ति विचलित छैन । ।” ग्रिन टिकाे लामाे घुट्काे लिँदै रविन अधिकारीले भने ।