काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूह दुष्मनको जालमा परेको बताएका छन ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह काठमाडौँ निर्वाचन क्षेत्रनम्बर तिनले शनिवार  आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड–नेपाल समूह दुष्मनको जालमा परेको थापाले  आरोप लगाएका हुन्  ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गदै उनले प्रचण्ड–नेपाल समूहलाई गुटको संज्ञा दिए । उनलेभने, ‘नेकपाबाट एउटा गुट अलग भएको छ ।प्रतिनिधि सभा विघटन परिवर्तनका लागि भएको भन्दै बादलले भने, ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ ।’

आगामी निर्वाचनबाट प्रतिगामीहरुलाई परास्त गर्नुपर्नेमा जोड दिएका उनले प्रतिगामीको ध्यान परिवर्तनका उपलब्धी उल्टाउन केन्द्रीत रहेको र यसकैको जालमा प्रचण्ड, नेपालसहितका नेताहरु परेका टिप्पणी गरेका हुन् ।

‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ । उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, उनलेभने ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ  , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं अध्यक्ष कृष्ण राई , बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल,नेकपा केन्द्रीय सदस्य नारायण सिलवाल लगायतको उपस्थितिमा ड्रिम हाउस इन्टर नेसनलमा  कार्यक्रम भएको थियो ।