नेपाली काँग्रेस यतिखेर प्रधानमन्त्री केपि शर्मा ओलीले गरेकाे संसद विघटनकाे विषयलाइ असंबैधानिक भन्दै सडक संघर्षकाे शुरूवाति चरणमा छ । बिराेध एवम् संघर्षकाे पहिलाे चरणकाे पहिलाे कार्यक्रमअनुसार गत शनिवार देशभरका ३३० प्रदेशमा काँग्रेसले प्रम ओलीकाे कदमकाे बिराेधस्वरूप कार्यक्रम आयाेजना गर्याे । याे बिराेध कार्यक्रममा काँग्रेसभित्रकाे गुटगत र स्वार्थगत समस्याहरू पनि सडकमा देखियाे । देउवा पक्षीयहरू शेरवहादुर देउवाझैँ ओलीप्रति नरम नरम भएर बाेले भने  पाैडेल र बाँकी पक्ष ओलीकाे कदमप्रति चरम आक्राेशित भए ।

काठमाडाैँ क्षेत्र नं ४ मा पनि ओलीकाे कदमकाे बिराेधमा दुवै प्रदेशमा महत्वपूर्ण सभाहरू भए । गगन थापाकाे संसदीय क्षेत्र भएकाले पनि याे क्षेत्रमा हुने कार्यक्रमकाे सबैलाइ चासाे थियाे । चासाे अनुरूपनै गगन थापाले दुवै कार्यक्रमलाइ सम्बाेधन गर्दै ओलीकाे कदमप्रति चरम असन्तुष्टि र आक्राेश प्रकट गरे । प्रधानमन्त्री ओलीका किचेन क्याबिनेट हुँ भनेर घाेषणा गर्ने राजन भट्टराइले आफ्नाे राजनीतिक भविष्य खाेजिरहेकाे चुनावी क्षेत्र भएकाले काँग्रेसकाे सभा र गगन थापाकाे भाषण केकस्ताे हेाला भन्ने चासाे सबैलाइ थियाे । चासाे राख्नेहरूकाे बाेली बन्द गर्ने भाषण गरे गगन थापाले ।

क्षेत्र नं ४ काे ख प्रदेशमा काँग्रेसले गरेकाे कार्यक्रम गगन थापाकाे भाषण तथा उल्लेख जनसहभागितका कारण मात्र महत्वपूर्ण थिएन । काँग्रेसले केही फेरिएकाे झैँ पनि देखायाे । बिराेध कार्यक्रमअन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा भएकाे कार्यक्रममा देखिएकाे आपसी साैहार्दता र भाइचारालाइ धेरैले सरहना गरे । गत वर्षकाे दशैँमा नारायणचाैरमा भएकाे कार्यक्रमदेखि चरमरूपमा बिग्रिएकाे नेता गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठबीचकाे सम्बन्ध पनि ओलीकाे असंबैधानिक कदमसँगै मिठासपूर्ण बनिरहेकाे प्रतीत भैरहेकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं १० स्थित ह्यान्डबल मैदान परिसरमा भएकाे काठमाडाैँ क्षेत्र नं ४ ख काे कार्यक्रममा यसअघि कतै पनि मन्च र उपस्थितिलाइ महत्व नदिएकाे नगरसभापति गणेश काेरालाले बिधिबत स्थान पाएका छन् । ४ वर्षअघि नगर सभापति भएदेखि नै बिबिध आन्तरिक कारणले चित्त नबुझाइएका तथा असफल बनाइएकाे काेइराला ओली कदमकाे बिराेधी कार्यक्रमा नगर सभापतिका रूपमा मन्चासिन मात्र भएनन् भाषणसमेत गर्न पाए ।

क्षेत्रीय सभापति राजु श्रेष्ठ विशेष अतिथि रहेकेा कार्यक्रममा काेइरालाले सहजरूपमा मन्चासिन तथा बाेल्न पाउनुले क्षेत्र नं ४ काे राजनीति परिवर्तन भएकाे सहज अनुमान गर्न सकिन्छ । गणेश काेइरालाकाे नगर कमिटिले पूर्णता नपाए पनि प्रमकाे असंबैधानिक कदमप्रति नगर गाउँपालिकास्तरमा माघ ३ मा हुने बिराेध कार्यक्रममा आयाेजना गर्ने छलफल भएकाे छ । यसरी आयाेजना गरिने बिराेध कार्यक्रमप्रति क्षेत्रीय सभापति राजु श्रेष्ठ एवम् केन्द्रिय सदस्य गगन थापाले ग्रिन सिग्नल दिएकाे बुझिन आएकाे छ ।

४ वर्ष पटक्कै मेल हुन नसेकाे क्षेत्रीय सभापति राजु श्रेष्ठ र सचिव एवम् प्रदेश ख सभापति विनाेद चालिसेबीच पनि साैहार्दता एवम् मिलाप देखिएकाे छ । केही दिन अघि क्षेत्रले नारायणचाैरमा गरेकाे कार्यक्रममा विनाेद चालिसेलाइ मन्चमा बाेल्न दिइएकाे थियाे । त्यसैगरी ह्यान्डबल मैदानमा भएकाे प्रदेश ख काे कार्यक्रममा चालिसेले विशेष अतिथि भनेर राजु श्रेष्ठलाइ बाेलाए । क्षेत्रीय सभापति श्रेष्ठ पनि कार्यक्रमकाे अन्त्यसम्म बसेर महत्वपूर्ण सम्बाेधन गरे । जुन कार्यक्रमका प्रमुख अतिथि गगन थापा थिए भने सभापति विनाेद चालिसे थिए ।

क्षेत्र नं ४ काँग्रेसमा देखिएकाे याे मिलाप, भाइचारा एवम् साैहार्द्रतालाइ कतिपयले महाधिवेशन केन्द्रित कुटनीति भनेर संज्ञा दिएका छन् । महाधिवेशन केन्द्रित मिलाप हाे रेछ भने पनि याे साैहार्द्रताले केही न केही राम्रै गर्ने देखिन्छ ।

काठमाडाैँ क्षेत्र नं ४ काे काँग्रेस पार्टी लामै समयदेखि अन्तर्द्वन्द्व र गुटगत समस्याले ग्रस्त छ । १३ महाधिवेशनदेखि शुरू भएकाे समस्या १४ औँकाे नजिक नजिक आउँदासम्म बढेकाे थियाे तर घटेकाे थिएन । प्रम ओलीकाे असंबैधानिक कदमले क्षेत्र नं ४ काँग्रेसलाइ नजिक बनाउन मद्धत पुर्याएकाे देखिन्छ । याे नजदिकी लामाे समय रहन्छ कि के हुन्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ ।