लामाे समयदेखि नगर कमिटिकाे पहिलाे बैठक बस्न नसकेकाे बुढानिलकण्ठ नगरपालिकाकाे नगर कमिटिले अन्ततः विस्तारित बैठक गर्न लागेकाे छ । पाैष २७ गते दिनकाे २ बजे स्थानीय गाेल्फुटार पार्टी प्यालेसमा हुने विस्तारित बैठकका पूर्ण तयारी भएकाे जनाइएकाे छ । प्रधानमन्त्री केपि ओलीले असंबैधानिकरूपमा संसद विघटन गरेर अघाेषितरूपमा नेकपा फुटाएपछि आएकाे तरंगका बीच हुन लागेकाे नेकपा बुढानिलकण्ठकाे विस्तारित बैठकप्रति सबैले चासाे देखाएका छन् ।

नेकपा बुढानिलकण्ठका अध्यक्ष रविन अधिकारीले आफ्नाे सामाजिक सन्जालमा पाैष २७ गते हुने विस्तारित बैठककाे जानकारी गराएका छन् ।