अन्तर्द्वन्द्वले भरिपूर्ण नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकामा नयाँ नयाँ खबरहरु आइरहेका छन् । आइरहेका प्राय सबै खबरमा जुट तथा मिलाप नै हावी छ ।

काठमाडाैँ क्षेत्र नं ४ र ५ मा पर्ने बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसकाे नगर कमिटि विगत ४ वर्षदेखि सक्रिय थिएन । ४ वर्षअघि नै नगर कमिटि बने पनि गुटगत संघर्षका कारण नगर कमिटि पूर्णतः प्यारालाइसिस भएर बसेकाे थियाे । गुटगत संघर्षका कारण नगर कमिटिले पूर्णता नपाएकाे मात्र हैन नगर कमिटिकाे सभापतिमा सर्वसम्मत भएका गणेश काेइरालाले कहिँ पनि मन्चमा नगर सभापतिकाेरूपमा उपस्थित हुन सम्म पाएका थिएनन् ।

प्रधानमन्त्रि केपि ओलीले असंबैधानिकरूपमा संसद विघटन गरेका फिडब्याकस्वरूप बुढानिलकण्ठ काँग्रेसमा केही नयाँ कुरा भएका छन् । ४ वर्ष चुपचाप बसेका नगर सभापति गणेश काेइराला एक विशिष्ट कार्यक्रममा अतिथिका रूपमा मञ्चासिन भएर संबाेधन गर्न पाए ।

यसरी मञ्चासिन भएर सम्बाेधन गर्न पाएकाे हप्तादिनभित्र काेइराला सभापति रहेकाे बुढानिलकण्ठ नगर कमिटिले पूर्णतासमेत पाएकाे छ । सांसद गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठकाे सहमतिमा बनेकाे नगर कमिटि १५ सदस्यीय रहेकाे छ । जसमा सचिव, काेषाध्यक्ष एवम् सहसचिव ४ वर्षअघि नै सर्वसहमत भएका व्यक्ति नै रहेका क्रमशः राजन बुढाथाेकी, भरत अधिकारी र शशिविक्रम थापा रहेका छन् ।

सर्वसहमतिमा पूर्णतामा परेका उपसभापतिमा गाेकर्ण केसी, सदस्यहरूमा भाेलानाथ लामिछाने, रामहरि भण्डारी, राजकाजी श्रेष्ठ, रमेश श्रेष्ठ, प्रेम श्रेष्ठ, अनु महर्जन खत्री, बालमाया श्रेष्ठ, नारद भण्डारी, विक्रम खनाल र राजेन्द्र अधिकारी रहेका छन् । बाँकी ३ सदस्य पछि कमिटिले थप्ने गरी बनेकाे समिति बनाइएकाे बताइएकाे छ । नगर कमिटि पूर्णता दिने बैठकमा क्षेत्रीय सभापति राजु श्रेष्ठ तथा नगर सभापति गणेश काेइरालाकाे उपस्थिति रहेकाे थियाे ।

  • कसकाे मेहनतले यस्ताे भयाे ?

बुढानिलकण्ठ नगर समितिकाे निष्क्रियरूपले गर्दा गत चुनावहरूदेखि अन्य सांगठनिक गतिबिधिमा असर परिरहेकाे सबैले स्वीकार गर्दागर्दै पनि याे कमिटिले पूर्णता प्राप्त गर्न सकेकाे थिएन । यसमा कस्काे दाेष भनेर खाेज्दा धेरैकाे नाम आउन सक्छ वा कसैकाे पनि दाेष नदेखिन पनि सक्छ । सम्भवतः याे कमिटिले पूर्णता पाउन केपि ओलीले असंबैधानिक कदम हुनै पर्थ्याे कि । केपि ओलीकाे असंबैधानिक कदमसँगै जुर्मुराएकाे क्षेत्र नं ४ काँग्रेसभित्रका दुइ पात्र विनाेद लामिछाने र राजुविक्रम थापाकाे विशेष पहलबाट नेपाली काँग्रेस बुढानिलकण्ठ कमिटिले सहज निकास पाएकाे हाे ।

मृत प्रायः रहेकाे नगर कमिटिलाइ कसरी सक्रिय र पूर्ण बनाउने बारेमा लामिछाने र थापाले केन्द्रिय सदस्य गगन थापा र राजु श्रेष्ठलसँग विशेष सल्लाहपछि बुनपामा नेपाली काँग्रेसकाे कमिटि सक्रिय हुने अबस्था आएकाे हाे । यसका लागि लामिछाने र थापाले यस क्षेत्रमा रहेकाे पार्टीगत अन्तर्द्वन्द्वभित्र एकखाले सहजिकरण गरेका थिए । मिलाप एवम् सहमतिका बिन्दुहरू खाेज्ने क्रममा केन्द्रिय सदस्य गगन थापा तथा क्षेत्रीय सभापति राजु श्रेष्ठले पनि पार्टी हितका लागि गुनासाे एवम् इगाेरहित सहमति जनाएका थिए । गगन थापा एवम् राजु श्रेष्ठलगायत सबैले नगर कमिटिलाइ पूर्णता दिने विषयमा कुनै पनि रागद्वेष, गुनासाे एवम् आपत्ति नराखेकाले याे काम सहज अवतरण भएकाे विनाेद लामिछानेले बताए ।

लामिछानेले पूर्णता पाएकाे नगर कमिटिले माघ ३ मा हुने ओलीकाे कदमबिराेधी संघर्षकाे एक कार्यक्रम गर्ने बताए ।