काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेका छन् ।

यसअघि उक्त इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नतामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीशले अर्का न्यायाधीश मल्ललाई समावेश गराएका हुन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीश कार्कीको स्वार्थ बाँझिने भन्दै आलोचना भएपछि उनी स्वयंले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

उनै कार्कीको स्थानमा मल्ललाई समावेश गरिएको हो ।